Showing posts with label Helth. Show all posts
Showing posts with label Helth. Show all posts

Saturday, July 12, 2014

महिनाबारीका बेला गरिने सेक्सभित्रका दश रोचक तथ्यहरु:


हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने
र त्यस्तो बेला स्त्रीसाग समागम गर्ने पुरुष नर्कमा जाने
उल्लेख छ । सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै
महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न
उतिसारो रहर गर्दैनन् ।

त्यसैले
पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार
हुादिनन् । र मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई
असर गर्ने समेत धारणा छ । तर चिकित्सा शास्त्रले
महिनाबारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ,महिनाबारीको बेलामा हुने
सम्भोगका केही रोचक
तथ्य यसप्रकार
छन् :

१.
महिनाबारीको बेला हुने
सम्भोगबाट
गर्भ
रहने
सम्भावना निकै
कम
हुन्छ

तरपनि महिलाको योनीभित्र
छिरेको विर्यमा भएका शुक्रकिट
केही दिन
बाँच्ने
भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ
रहन पनि सक्छ ।
महिनावारी

३.यदि महिला वा पुरुषमध्ये एकजना एच
आइ भी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स
सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासाग यौन
सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

२.महिनाबारी हुादा बग्ने रगत खराब रगत हो भन्ने
धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ ।
महिनाबारीको बेला बगेको रगतको सम्पर्कमा आउादा कुनै
हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएकेा भए
महिनाबारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने
सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन
सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४.महिनाबारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले
कुनै असर गर्दैन यदि यौन
सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

५.
महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ
भन्ने मान्यता पनि गलत हो ।
महिनाबारीका बेला पाठेघरको मुख खुला हुने र लिंग
पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर
त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट
छिर्ने सम्भावना हुादैन ।

६. महिनाबारीका बेला गरिने
सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले
यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७.
महिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत
बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर
निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर
त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण
एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म
रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने
महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् ,
पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने
औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन
सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम
हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक
पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन-डेन्टल डाम) लगाउनुपर्छ

१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न
नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर
हानी पूराउने खतरा रहन्छ ।

Friday, July 4, 2014

नाईटोको आकारवाट थाहा हुन्छ महिलाको व्यवहार


नाइटोको आकार
हेरी महिलाको यति धेरै
व्यहोरा थाहा पाउन सकिने
नवजात शिशुको नाभी काटिएको स्थानको चिन्ह नै
नाइटो हो । बच्चा नजन्मियुन्जेल यहीँ अंगबाट
बच्चाको सरीरमा पोषक तत्व पुग्छ, तर जन्मिएसँगै
यो अंगको काम समाप्त हुन्छ । पेटको मध्यभागमा सबै
मान्छेको नाइटो हुन्छ । यद्यपि यसको आकार, गहिराइ तथा कतिपय
अवस्थामा पेटमा अवस्थित हुने स्थानमा समेत फरकपना पाइन्छ ।
नाभीको यस्तो फरकपनासँग मानिसको चरित्र जोडिएको हुने
ज्योतिष तथा मनोविज्ञहरु बताउँछन् ।
खासगरी नाभीको आकार प्रकारले
महिलाको व्यक्तिको पहिचान गर्न सकिने उनीहरुको मत
छ ।
यति कुनै
स्त्रीको नाभी लामो ठाडो आकारको छ भने
त्यस्ती स्त्रीमा यौन इच्छा त्रि्र हुन्छ ।
त्यस्ता महिला बोल्ड हुने बताइन्छ । गोलाकार नाइटो हुने
महिलाहरु गम्भीर प्रकृतिका, दयालु, इमान्दार
तथा स्वस्थ हुन्छन् । नाइटो पेटको ठीक
बीचमा नभएर केही दायँाबायाँ हुने
महिलाहरु खेलकुदको क्षेत्रमा निकै प्रगति गर्ने खालका हुन्छन् ।
उनीहरु निकै मूडी पनि हुन्छन् । यदि कुनै
महिलाको नाभी तेर्सो लाम्चो आकारको छ भने
त्यस्ता महिला नकारात्मक मनोवृत्तिका हुन्छन् ।
उनीहरुले अरुलाई दोषी देखाउने काम मात्र
गर्छन् र निकै घमण्डी हुन्छन् ।
बढि गहिरो नाभी हुने महिलाहरु निकै मायालु तथा भावुक
हुन्छन् । खाल्डो हुनुको साटो बाहिर निस्किएको नाइटो हुने
महिलाहरु भाग्यशाली मानिन्छन् । सकारात्मक
सोँचका हुन्छन् र उत्साही हुन्छन् ।
ज्योतिषहरुका अनुसार नाइटोको बीचको भाग निकै बाहिर
आएका महिलाहरुमा प्रजननको समस्या हुन्छ ।
नाभीको बीच भाग बढि तल घुसेका महिलाहरु
सजिलै गर्भवती हुन्छन्

Wednesday, July 2, 2014

जान्नै पर्ने ५ रोचक तथ्य,पुरुषको लिङ्ग को बारेमा !!!!!!!


जान्नै पर्ने ५ रोचक तथ्य,पुरुषको लिङ्ग को बारेमा !!!!!!!
पुरुषको यौनांग अर्थात् लिंग पुरुष प्रजनन प्रणालीको एक
अभिन्न अंग हो । यसको जतन तथा सरसफाइमा गच्छे अनुसार
सबैले ध्यान दिएकै हुन्छन् । तर
यो अंगका बारेमा केही त्यस्ता गम्भीर
विषयहरु छन् जसको बारेमा धेरैलाई थाहा हुँदैन र
जानी नजानी हेलचेक्राइ भैरहेको हुन्छ ।
लिंगबारेका ५ रोचक तथ्य यस्ता छन्-
लिंग भाँचिन सक्छ - लिंगमा हाड नहुने भएकाले यो हातखुट्टा जस्तै
गरी भाँचिने चाहीँ होइन । तर
लिंगमा यस्तो मांशपेशी हुन्छ जो उत्तेजनाका बेला निकै
कडा भैदिन्छ र सामानय अवस्थामा निकै फितलो हुन्छ ।
यस्तो मांशपेशी सरीरको अरु भागमा हुँदैन ।
सम्भोगका बेला होसियारी नअपनाउने हो भने र जोर
जबरजस्ती गर्ने हो भने
यो मांसपेशीमा असर पुग्नसक्छ ।
सम्भोगका बेला मात्र
होइन लिंगलाई बढि दबाब पर्नेगरी हस्तमैथुन
गर्दा समेत लिंगको मांशपेशी टुट्ने वा फ्याक्चर हुने
सम्भावना हुन्छ । बढि चिसो पानी लिंगका लागि शत्रु-
नुहाउँदा बढि चिसो पानीको प्रयोग गर्नुहुँदैन । यसले
लिंगको तल्लो भागलाई एक्कासी बढि चिसो बनाउँदछ ।
यसले अण्डकोषमा समेत नकारात्मक असर पुग्न गई विर्य
तथा शुक्रकिटको निर्माण हुने प्रक्रियामा असर पुग्छ ।
बढि तातो पानीले नुहाउनु वा तातो वस्तु लिंगमाथि राख्नु
पनि हानिकारक हुन्छ । लिंगको आफ्नै मस्तिष्क हुन्छ-
यो कुरा अपत्यारिलो लाग्नसक्छ । लिंगको पनि आफ्नै दिमाग होला र ?
किन नहुनु । यस्तो दिमाग लिंगमै नहुने
भएपनि हाम्रो मस्तिष्कको एक भाग केवल लिंगसँग मात्र सम्बन्धित
हुन्छ । अर्थात् पुरुषको मस्तिष्कमा एक भाग
लिंगको निजि भागको रुपमा रहेको हुन्छ । यहीँ भागले
लिंगको क्रियाकलाप नियन्त्रण गरिरहेको हुन्छ ।
यहीँ भागले लिंगलाई उत्तेजित गराउने तथा शान्त पार्ने
क्रियामा भूमिका खेल्छ । सामान्यतया जब
व्यक्तिमा उत्तेजना वा यौनेच्छा पैदा हुँदैन तब लिंगमा कडापन आउँदैन
वयस्क व्यक्तिमा लिंग उत्तेजित हुनु अनिवार्य विषय हो ।
यदि तपाइँको लिंगमा कडापन आउँदैन भने बुझ्नुहोस् तपाइँमा कुनै
समस्या छ । यो गम्भीर कुरा हो । यो समस्यालाई
इरेक्टाइल डिसफंक्सन भनिन्छ । त्यसैले यसको समयमै उपचार
आवश्यक हुन्छ । लिंग बढि बांगो हुनु पनि एक रोग हो । यसलाई
पेरोनी भनिन्छ । यो रोग लागेका मान्छेको लिंग
बढि बांगो हुनेमात्र होइन उत्तेजनामा समस्या आउनुका साथै पोल्ने,
कत्ला आउने जस्ता समस्या देखा पर्छन् ।

Tuesday, July 1, 2014

ओखरवाट घरेलु उपचार:


ओखरव्दारा रोग उपचार गर्ने केही घरेलु पद्धति ।
जाडो याममा तापक्रम कम हुन्छ र मौसम सुक्खा हुन्छ । त्यसैले
मानिसहरुका छाला पनि सुक्खा हुन्छ र फुट्ने सम्भावना पनि हुन्छ
। त्यस्तो अवस्था देखा परेमा मलम दल्नुका साथै
बढी ओखर , तील , बदाम , भटमास
आदि खानेकुरा खाएमा छालालाई चहक पार्नुका साथै नरम पार्न
सकिन्छ । यसका साथै तरकारी , फलफूल ,
फर्सी , कुखुराका फुल , कलेजो आदि खानेकुराहरु
खाएमा छालालाई फुट्नबाट बचाउन सकिन्छ । यसका साथै पिरो र
चर्को स्वादका खानेकुरा नखानुहोस्।
अनुसन्धानको नयाँ नतीजा अनुसार खाना खान सकिन
लाग्दा अलिकति ओखर खाएमा चिल्लो पदार्थले धमनीलाई
हानी गर्नबाट मुक्त गर्ने पनि ओखरको क्षमता छ ।
हरेक दिनमा पाँच छ वटा ओखर खाएमा मुटु , मस्तिष्क , रक्त
नलीलाई स्वस्थ राख्न सकिन्छ । यति मात्र हैन
मिर्गौलोको क्षमता बढाउन र स्वस्थ्य राख्ने
पनि ओखरको क्षमता छ । अब ओखरव्दारा रोग उपचार गर्ने
केही घरेलु पद्धति ।
--------------------------------------------
ओखरको जाउलोः ओखरको गुदी एक वा दुई वटा बयर
दश वटा , चामल एक चौथाइ के जी मिलाएर
भाडोमा केही पानी हाली चामल
, ओखरको गुदी , बयर एकैसाथ भाडोमा हालेर
पकाउनुपर्छ । पाकेपछि विहान , मध्यान्ह र
बेलुकी मुख्य खानाका रुपमा खानुहोस् । यस
किसिमको जाउलो मिर्गौलोका लागि फाइदा जनक हुन्छ भने स्वस्थ्य
रहन र छाला चहक गर्ने पनि यसको क्षमता छ । मिर्गौला र
फोक्सोका लागि फाइदा भएकोले स्तन
त्यति नराम्रो भएका महिलाहरुले ओखर खाएमा स्तन ठुलो पार्न
सकिन्छ भनिएको छ । ओखरको गुदी एक,
बदामका दाना दश वटा, पानी दुई कप
जती तताएर ओखरको गुदी र
बदामका दानालाई मन तातो पानीमा एक रातसम्म
भिजाउनुपर्छ । अर्को दिन विहान ओखर र बदाम
पानीबाट निकालेर रस निचोर्ने र दुई कप
पानी हाल्ने । त्यसपछि बदाम र ओखरको यस
किसिमको पानीलाई भाडोमा राखेर
अलिकति चिनी हालेर खानुहुन्छ । विहान र
राति सुत्नुअघि एक एक कप यस्तो रस खानुहोस्।
स्वास्थ्यका लागि निकै हितकर छ । श्रोताहरु , ओखरव्दारा रोग
उपचार गर्ने उपाय धेरै छन् । समयको अभावका कारणले आज यति नै
। यसमा केही गल्ती छ भने मलाई
बताइदिनु हुन अनुरोध छ । दैनिक
जीवनमा स्वास्थ्यका लागि श्रोताहरुका
केही राम्रो उपाय छ भने मलाई बताइदिनु हुन अनुरोध
छ । ती राम्रा उपायलाई अरु श्रोताहरुलाई पनि थाहा दिन
म प्रगाश गर्नेछु ।

टन्सिल के हो?


के हो टन्सिल ???
==============
(जानकारी शेयर गर्ने
गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले
पनि केही ज्ञान पाओस )
================================
टन्सिल जुनसुकै उमेरमा पनि हुन सक्छ । घाँटी दुख्ने,
थुक निल्दा वा खाना खाँदा गाह्रो हुने, ज्वरो आउने प्राय
यो रोगका लक्षण हुन । जिभ्रोको फेदमा मुखको दुवै पट्टि २ वटा लिम्फ
हुन्छ । यि लिम्फले श्वासप्रस्वास र पाचन
प्रणालीमा ब्याक्टेरीयाको प्रवेश गर्न रोक्छ ।
मुख र दाँतको राम्रो सफाई नगर्नु, कुपोषण तथा वातावरणिय
प्रदुषणको कारणले पनि टन्सिल हुन सक्छ भने
व्याक्टेरीयाको कारणले पनि टन्सिल हुन्छ । सामान्य
ब्याक्टेरीयाहरुमा हेमोलाइटिक स्ट्रेप्टोकोकस,
स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस पर्छन् ।
टन्सिलको सुरुको अवस्थामा लिम्फमा सुजन हुन्छ । विस्तारै लिम्फोइड
तन्तुहरु पाक्न थाल्छ र पीप भरिन थाल्छ ।
यदि संक्रमणमा मुखको भित्रैसम्म गएर टन्सिलसम्म पुग्छ भने
त्यसलाई क्याटारल भन्दछन् । यदि टन्सिलमा पीपहरु
भरिएर साना साना धेरै दागहरु देखिन्छन भने त्यसलाई फलिकुलर
टन्सिलाइटिस भन्दछन् । टन्सिलाइटिसको सुरुमा रातो रातो हुन्छ ।
यदि टन्सिल माथि पीपहरुको जालो बनेमा मेम्ब्रानेउस
टन्सिलाइटिस भन्दछन् । यदि पुरै टन्सिल सुनिएर एकै
नासको रातो भएको छ भने पारेन्काइमेटाउस टन्सिलाइटिस भन्दछन् ।
-----
लक्षण
सुरुमा बिरामीलाई घाँटीमा अप्ठेरो हुन्छ । निल्न
गाह्रो हुन्छ तथा थकाई लाग्ने, भोक नलाग्ने र अल्छि लाग्ने हुन्छ ।
विस्तारै ज्वरो आउन थाल्छ । टन्सिलहरु सुन्निएर रातो रातो देखिन्छ
तथा क्रमश त्यहाँबाट पानी निस्कन थाल्छ ।
पछि पीप बग्ने या सन्निने हुन्छ । यसका साथै
लिम्फका तन्तुहरु पनि सुन्निएर कडा हुन्छन् ।
-------
उपचार
बिरामीले आराम गर्नु पर्छ र प्रशस्त झोल कुराहरु खानु
पर्छ । ज्वरो घटाउन र दुखाई कम गर्न चिकित्सकको सल्लाहअनुसार
औषधि सेवन गर्नुपर्छ ।
टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने
हुन्छ ।
टन्सिल दुई प्रकारका हुन्छन् । पहिलो एक्युट अर्थात संवेदनसिल
टन्सिल दास्रो दीर्घ टन्सिल । एक्युट टन्सिलाइटिस
दीर्घ टन्सिलाइटिसमा परिणत हुन सक्छ । यो संक्रमण
फैलिएर घाँटी तथा स्वर यन्त्रसम्म पुग्न सक्छ । टन्सिल
भएपछि बच्चाहरुको कान पाक्न सक्छ । घाँटिबाट संक्रमण
कानको नलीमा सर्न सक्छ । रुमेटिक ज्वरो, नेफाइटिस,
टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस
हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने वा अन्य जटिलता र
शरीर सुन्निने गर्छ । यो रगतको जाँच गरेपछि थाहा हुन्छ

सख्त टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरेमा दीर्घ
प्रकृतिको रोगमा परिवर्तन हुन्छ । बारम्बार
घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म
पीपहरु बग्न थाल्छ । नाक र साइनसको बराबर संक्रमण
भएमा टन्सिलमा असर पर्छ, नाकको श्राव (सिँगान वा अन्य रस)
अगाडि निस्कनका सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ ।
यसमा दोहोरी–
दोहोरी घाँटी दुख्ने,
घाँटीमा अपठेरो महसुस हुने, दुर्गन्ध आउने, मुख
गनाउने, निल्न गाह्रो हुने तथा बोलीमा समेत फरक हुने
गर्छ । परीक्षण गर्दा टन्सिलहरु
आफ्नो आकारप्रकारभन्दा ठुला हुन्छन् र
बढी रातो देखिन्छन् ।
घाँटीका लिम्फग्रन्थीहरु पनि बढेका हुन्छन्

उपचार
नाकको र पिनासको उपचार नगरेसम्म टन्सिलाइसिटको मात्र औषधि खाएर
निको हुँदैन । एन्टिबायोटिक र एन्टिहिस्टामिनाको औषधि दिइन्छ । नुन
पानीले कुल्ला गर्ने र औषधि सेवन गर्नुपर्र्छ । यदि कुनै
पनि टन्सिलले बराबर दुख दिइरहेमा वर्षमा ५
पटकभन्दा बढी भएमा टन्सिलेक्टोमी गरिन्छ ।
बालबालिकलाई अरु भित्रि असर नहोस भनेर
चिकित्सककको सल्लाहमा इन्जेक्सन दिइन्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर
गर्न नभुल्नुहोला !!

Monday, June 30, 2014

दॉतका ७ स्वास्थ्य समस्या:


हाम्रो दाँत र मुखले आफ्नो समस्या बोलेर बताउन सक्दैनन् । तर
दाँत वा मुखमा हुने विभिन्न
पीडादायी समस्यालाई मौन रोदनमार्फत भने
प्रकट गरिरहेका हुन्छन् । दन्तविशेषज्ञले दाँत र
मुखसम्बन्धी पीडादायी सात
वटा समस्याका बारेमा दिएको जानकारी यहाँ प्रस्तुत
गरिएको छ । १. गिजामा रक्तस्राव हुने, रातो हुने वा सुन्निने
न्युयोर्कस्थित दन्तचिकित्सक पिया लिएव (एमडी,
डीडीएस) गर्भधारण वा हर्मोन परिवर्तन
हुने अन्य अवस्थामा साइड इफेक्टको कारण यस्तो समस्या आउने
बताउँछन् । ब्याक्टेरिया जम्मा हुँदा पनि यस्तो हुन सक्ने र सफासँग
दाँत माझ्दा एक–दुई दिनमै ठीक भएमा चिन्ता लिनु नपर्ने
तर एक साताभन्दा लामो समयसम्म
समस्या रहिरहेमा चिकित्सककहाँ जानुपर्ने बताइएको छ । २.
तीव्ररुपमा दाँत दुख्ने
यदि केही खानेकुरा टोक्दा एउटा वा अन्य
केही दाँत तीव्ररुपमा दुख्ने गरेको छ भने
तपाईंको दाँत कुहिएको वा प्वाल परेको हुन सक्ने
वासिङटनकी डा. स्याल्ली क्र्याम बताउँछिन्
। उनका अनुसार खानामा भएको चिनीलाई एसिडमा परिणत
गर्ने एक विशेष किसिमको ब्याक्टेरियाका कारण यो समस्या आउँछ । ३.
मुखभित्र पोल्ने बढी अमिलो र मसालादार
खाना खाँदा वा तात्तातो खाना खाँदा मुखभित्र पोल्ने डा. वर्थ बताउँछन् ।
यदि एक–दुई दिनमै ठीक भएमा खासै समस्या नहुने तर
लामो समयसम्म दुख्ने वा पोल्ने भइरहेमा त्यो भिटामिन
‘ए’को कमीको लक्षण भएको उनी बताउँछन्
। त्यस्तो अवस्थामा सखरखण्ड, गाजरजस्ता प्रचुर मात्रामा भिटामिन
‘ए’ पाइने खाना खानुपर्ने बुझिएको छ । ४. अलि–अलि दुखिरहने दाँत
केही दिन अलि–अलि दुखेमा त्यसै
पनि ठीक भएर जाने तर एक साताभन्दा लामो समयसम्म
असह्य पीडा भएमा दाँतको जरैमा संक्रमण भएको हुन
सक्ने र त्यसबाट गिजा–ग्ल्यान्डसमेत सुन्निन सक्ने भएकाले
तत्कालै चिकित्सकको सल्लाह लिनुपर्ने डा. वर्थ बताउँछन् । ५. दाँत
पहेँलो वा दागयुक्त हुने यो कुनै ठूलो समस्या नभएको र चिया,
कफी, वाइन वा अन्य गाढा पेय अर्थात् दाग लाग्ने तरल
पदार्थ सेवन गर्दा यस्तो हुन सक्ने डा. वर्थ बताउँछन् ।
यस्तो भएमा ह्वाइटेनिङ टुथपेस्ट प्रयोग गर्ने वा दाग लाग्न सक्ने
तरल पदार्थ सेवन गरेलगत्तै दाँत सफा गर्नु उचित हुने
उनको सल्लाह छ । बाल्यकालमा टेट्रासाइक्लिन वा अन्य
औषधिको प्रयोगबाट पनि यो समस्या आउन सक्ने
हुँदा दन्तचिकित्सकले सजिलै समाधान गर्न सक्ने डा. क्रइम
बताउँछिन् । ६. दाँत बाङ्गिने वा हल्लिने लामो समयसम्म
दाँतको राम्रो सफाइ र हेरचाह नगर्नाले दाँतमा रहेका ब्याक्टेरियाले
दाँतमा निर्माण गर्ने प्लेक्यु नामक पातलो तहको कारण
यो समस्या आउने चिकित्सकहरु बताउँछन् । ७. गिजा दुख्ने
यदि चिसो वा तातो पेयपदार्थ पिउँदा वा चिसो हावामा श्वास
फेर्दा गिजा वा दाँतको छेउछाउ दुख्छ भने दाँतमा खाल्डो भएको वा प्वाल
परेको हुन सक्ने डा. क्र्याम बताउँछिन् । ब्याक्टेरिया, कडा ब्रस
वा बेस्सरी दाँत माझ्दा पनि यो समस्या आउने बताइएको छ
। केही खाना, औषधि वा नमिल्ने
गरी लगाइएको माउथ गार्डका कारण दुखाइसँगसँगै
राता वा सेता थोप्लाहरु पनि देखिँदा मुखको क्यान्सरको लक्षण हुन
सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताइएको छ ।


स्वाथ्य चर्चा
==============================
टाउको दुखाई~
टाउको दुखेमा निधारमा तुलसीको रस लगाउने र
मेरुदण्डमा पनि यसको रस लगाएर केही बेरसम्म
टाउकोमा हलुका मालिश
गर्दा टाउको दुखेकोमा शीघ्र आराम हुन्छ ।
`
खोकी~
तुलसीको रस, अदुवाको रस र मह मिसाई चाट्ने
गर्दा सुख्खा खोकी ठीक हुन्छ । खकार बढी आउने
खोकीमा पनि दिनको ३÷४ पटक तातो पानी पिएर
अन्तमा बिस्तारै चाट्दै उक्त रस
खाँदा खोकी हराउँछ।
`
छाती दुखेमा~
तुलसीको पात र तोरीको तेल मिसाई पकाउने र
त्यसलाई छातीमा, ढाडमा दल्ने
गर्दा छातीमा भएको दुखाइ र भारीपना कम हुन्छ ।
दुखाइ के कस्तो छ त्यसको कारणको पनि उपचार
गर्नुपर्दछ ।
`
दाँत दुखेमा~
तुलसीको रस र कपूर तताएर
दाँतमा च्यापिराखेमा दाँत दुखाइ ठीक हुन्छ ।
डण्डीफोर, दाग र पोतोमा
तुलसीको पात वा जरा मसिनो गरी पिस्ने र
त्यसलाई लेदो मलमको रुपमा अनुहारमा लगाउने
आधा एक घण्टापछि पखाल्ने गर्दा अनुहार
सफा हुन्छ ।
दुर्गन्धित श्वास प्रत्येक
खाना वा खाजा खाएपछि मुखमा तुसलसीको पात
राखेर धेरैबेर खेलाउँदै चपाउने चुस्ने गर्दा स्वास
वा मुख
गनाउने ठीक हुन्छ ।
`
बच्चाको पेट र छातीको रोग~
यदि बच्चाहरुलाई पेट खराब भैरहन्छ भने
तुलसीको पात
पकाएर चियाको रुपमा खाने बानी बसाल्ने ।
यदि घ्यारघ्यार हुने र खोकी लाग्ने आदि छ भने
तुलसीको पातको रस मनतातो पानीमा मिसाई
खान दिनुहोस् ।
`
चर्मरोग~
तुलसी पत्रलाई कागती वा नीमको पातमा मिसाएर
छालाको रोग जस्तैः लूतो, दाद
आदि आएको ठाउँमा दिनहुँ २÷३ पटक लगाउने र
सुकेपछि सफा गर्दा शीघ्र लाभ हुन्छ ।
`
उच्च रक्तचाप र मानसिक तनाव~
नित्य खाली पेटमा तुलसीको पत्र मिश्रित
चिया पिउने, बिहान उठी तुलसीको बोटअघि बसेर
दैनिक १०–२० मिनेट ध्यान, प्रणायाम गर्ने र
तुलसीको काठबाट बनेको माला लगाउने
गर्दा मानसिक स्वच्छता, प्रसन्नता प्राप्त
हुनुको साथै उच्च उक्तचाप र मानसिक तनावसमेत
कम
हुन्छ ।
`
नाथ्री फुटेमा~
नाकबाट रगत आएमा २÷३
थोपा तुलसीको पत्रको रसहाल्ने र
निधारमा पनि लेपन गर्ने गर्दा नाकबाट रगत आउने
रोकिन्छ ।
_______________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले
लाइक
तथा शेयर गर्न नभुल्नुहोला !!