Tuesday, July 1, 2014

ओखरवाट घरेलु उपचार:


ओखरव्दारा रोग उपचार गर्ने केही घरेलु पद्धति ।
जाडो याममा तापक्रम कम हुन्छ र मौसम सुक्खा हुन्छ । त्यसैले
मानिसहरुका छाला पनि सुक्खा हुन्छ र फुट्ने सम्भावना पनि हुन्छ
। त्यस्तो अवस्था देखा परेमा मलम दल्नुका साथै
बढी ओखर , तील , बदाम , भटमास
आदि खानेकुरा खाएमा छालालाई चहक पार्नुका साथै नरम पार्न
सकिन्छ । यसका साथै तरकारी , फलफूल ,
फर्सी , कुखुराका फुल , कलेजो आदि खानेकुराहरु
खाएमा छालालाई फुट्नबाट बचाउन सकिन्छ । यसका साथै पिरो र
चर्को स्वादका खानेकुरा नखानुहोस्।
अनुसन्धानको नयाँ नतीजा अनुसार खाना खान सकिन
लाग्दा अलिकति ओखर खाएमा चिल्लो पदार्थले धमनीलाई
हानी गर्नबाट मुक्त गर्ने पनि ओखरको क्षमता छ ।
हरेक दिनमा पाँच छ वटा ओखर खाएमा मुटु , मस्तिष्क , रक्त
नलीलाई स्वस्थ राख्न सकिन्छ । यति मात्र हैन
मिर्गौलोको क्षमता बढाउन र स्वस्थ्य राख्ने
पनि ओखरको क्षमता छ । अब ओखरव्दारा रोग उपचार गर्ने
केही घरेलु पद्धति ।
--------------------------------------------
ओखरको जाउलोः ओखरको गुदी एक वा दुई वटा बयर
दश वटा , चामल एक चौथाइ के जी मिलाएर
भाडोमा केही पानी हाली चामल
, ओखरको गुदी , बयर एकैसाथ भाडोमा हालेर
पकाउनुपर्छ । पाकेपछि विहान , मध्यान्ह र
बेलुकी मुख्य खानाका रुपमा खानुहोस् । यस
किसिमको जाउलो मिर्गौलोका लागि फाइदा जनक हुन्छ भने स्वस्थ्य
रहन र छाला चहक गर्ने पनि यसको क्षमता छ । मिर्गौला र
फोक्सोका लागि फाइदा भएकोले स्तन
त्यति नराम्रो भएका महिलाहरुले ओखर खाएमा स्तन ठुलो पार्न
सकिन्छ भनिएको छ । ओखरको गुदी एक,
बदामका दाना दश वटा, पानी दुई कप
जती तताएर ओखरको गुदी र
बदामका दानालाई मन तातो पानीमा एक रातसम्म
भिजाउनुपर्छ । अर्को दिन विहान ओखर र बदाम
पानीबाट निकालेर रस निचोर्ने र दुई कप
पानी हाल्ने । त्यसपछि बदाम र ओखरको यस
किसिमको पानीलाई भाडोमा राखेर
अलिकति चिनी हालेर खानुहुन्छ । विहान र
राति सुत्नुअघि एक एक कप यस्तो रस खानुहोस्।
स्वास्थ्यका लागि निकै हितकर छ । श्रोताहरु , ओखरव्दारा रोग
उपचार गर्ने उपाय धेरै छन् । समयको अभावका कारणले आज यति नै
। यसमा केही गल्ती छ भने मलाई
बताइदिनु हुन अनुरोध छ । दैनिक
जीवनमा स्वास्थ्यका लागि श्रोताहरुका
केही राम्रो उपाय छ भने मलाई बताइदिनु हुन अनुरोध
छ । ती राम्रा उपायलाई अरु श्रोताहरुलाई पनि थाहा दिन
म प्रगाश गर्नेछु ।

No comments:

Post a Comment