Sunday, July 20, 2014

लुकमारी खेल्ने क्रममा फ्रिजभित्र जमेर दुइ बालिकाको मृत्यु


साउन ४ एजेन्सी ,पश्चिमी रूसको नोवगोरोड
ओब्लास्ट क्षेत्रमा शुक्रवार आफ्नै
हजुरआमाको घरमा रहेको एक पुरानो फ्रिजभित्र फसेर दुइ
बालिकाको ज्यान गएको छ |

आफ्नो हजुरआमाको घरमा लुकमारी खेल्ने क्रममा ४
वर्षीय अन्या लोउश्किना र उनकी ६
वर्षीय दिदि विका लोउश्किना उक्त पुरानो फ्रिजभित्र
लुक्न पसेका थिए, जहाबाट उनीहरु बाहिर निस्किन
नसकी ज्यान गुमाउन बद्ध्य भए |

स्थानीय
प्रहरी प्रवक्ता मोनिका एर्शोवाका अनुसार
उनीहरु लुकमारी खेल्ने क्रममा उक्त
फ्रिज भित्र लुक्ने निर्णय गरि त्यस भित्र त पसे तर ढोका लक्
भएको कारण भित्र बाट बाहिर निस्किन सकेनन | उक्त समय
उनीहरुको हजुरआमा जो घरायसी अन्य
कार्यमा व्यस्त थिइन् उनले आफ्ना नातिनीहरु
लुकमारी खेल्नमा भुलेको हुँदा उनीहरुलाई
बाधा पुर्याउन चाहिनन | जब धेरै समय सम्म
उनीहरुलाई आफ्नो आँखा अगाडी देखिनन्
तब उनले ति दुइ बालिकालाई खोज्न थालिन |

तर जब उनले
आफ्ना नातिनिहरुलाई उक्त फ्रिज भित्र फेला पारिन, तब धेरै
ढिला भैसकेको थियो |

शुक्रवार ति बालिकाका आमाबाबुले आफ्ना छोरीहरुलाई
उनीहरुको हजुरआमाको घरमा छाडेर
आफ्नो बाहिरी काम गर्न गएको बुझिएको छ |

अन्या,
२७ वर्षकी कटेरिना लोउश्किनाकी एक मात्र
सन्तान थिइन् जो आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल
गएकी थिइन् | अर्को तर्फ उनकी दिदि ३२
वर्षीय एलेना लोउश्किनाको भने विका बाहेक अन्य ३
छोराहरु रहेको बताइएको छ |
भिडीयो हेर्न यहॉ क्लिक गर्नुहोस

No comments:

Post a Comment