Showing posts with label rangabibidh. Show all posts
Showing posts with label rangabibidh. Show all posts

Wednesday, July 2, 2014

कोठिले पनि तपाईको भाग्य र वानीव्यहोरा वताउन सक्छ..


मानिसहरुको शरीरमा कोठी हुनु त
सामान्य कुरा हो । सायद तपाई हामी मध्ये
कतिलाई त थाहा नै
नहोला की कोठीले
पनि मानिसको भाग्य निर्धारण गर्दछ अर्थात् ज्योतिष
शास्त्रमा कोठीले पनि मानिसको भाग्य र
व्यवहार बताउन सक्ने चर्चा गरिएको पाइन्छ ।
शरीरको कुन भागको कोठीले के
कुराको संकेत गर्दछ त ? आज हामी बताउदै
छौ तपाईहरुलाई शरीरको विभिन्न भागमा हुने
कोठीहरुको अर्थ र संकेत !
यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ ।
कसैको चिउडोमा कोठी भएमा उ
आफ्नी श्रीमतीसंग खासै
प्रेम गर्दैन र
आफ्नी श्रीमतीको रेखदेख
गर्दैन भन्ने बुझ्न सकिन्छ ।
यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ
आफ्नी श्रीमतीसंग बहुतै
प्रेम गर्छ र आफ्न
श्रीमतीको राम्रो ख्याल राख्छ भन्ने
बुझाउँछ ।
देब्रे(बायाँ) आँखामा कोठी हुने
व्यक्तिको श्रीमतिसंग झगडा भइरहन्छ । दाम्पत्य
जीवन एकदमै दुखि रहन्छ ।
दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन ।
उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ ।
देब्रे गलामा कोठी हुनेहरु भने बढी खर्चालु
हुन्छन ।
ओठमा कोठी हुने मान्छे बढी उत्तेजक
हुन्छन र यिनीहरुको मन्
खाली कामवासनासम्बन्धि कुराहरुमा मात्रै
अड्कि रहन्छ ।
कानमा कोठी हुनु भनेको अल्पायुमै मृत्यु हुने अर्थात्
कम उमेरमा नै मृत्यु हुने संकेत हो ।
कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने
मान्यता ज्योतिष शास्त्रको छ ।
गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक
जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई
त्यस्तै जिन्दगि मिल्छ पनि ।
दाहिनेपट्टि हातमा कोठी हुने मानिसलाई खुबै मान-
प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ

दाहिनेपट्टिको हातमा कोठी हुने मानिस झगडालु हुन्छन
भन्ने संकेत हो ।
जोसुकैको नाकमा कोठी हुन्छ उनीहरुलाई
यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले
यिनीहरु यात्रा गरिरहन पाउछन ।
दाहिने छातीमा कोठी हुनु
भनेको स्त्रीप्रति प्रेम हुनुको संकेत हो ।
जसको दाहिने छातीमा कोठी हुन्छ
उनीहरु आफ्नी पत्नीलाई
खुबै प्रेम गर्छन् ।
देब्रे छातीमा कोठी छ भने
त्यस्ता मानिसहरुको आफ्नी
श्रीमती वा अन्य महिलाहरुसंग कुनै
ना कुनै बहानामा झगडा भइ रहन्छ ।
कमरमा कोठी हुनु भनेको जिन्दगिभरि समस्याहरुसंग
लडिरहनु पर्छ भन्ने कुराको संकेत हो ।
पेटमा कोठी हुने मानिसहरु राम्रो र
मिठो मसिनो खानाको भोका हुन्छन ।
पिठ्युँमा कोठी हुने मानिसहरु
आफ्नो जीवनकालमा कयौं यात्रा गर्छन ।
दाहिने हत्केलामा कोठी हुनु भनेको तपाई बलवान
हुनुहुन्छ भन्ने कुराको प्रमाण हो ।
जसको पनि देब्रे हत्केलामा कोठी हुन्छ त्यो मान्छे
अत्यधिक खर्चालुमध्येमा पर्छ ।
दाहिने खुट्टामा कोठी हुनु भनेको व्यक्ति बुद्धिमान छ
भन्ने संकेत हो ।
कुनै मान्छेको देब्रे खुट्टामा कोठी छ भने
पनि यिनीहरुको खर्च अत्यधिक हुन्छ भन्ने
बुझ्नुपर्छ ।

कुन सपना देख्दा कस्तो फल मिल्छ?


१. आँखामा गाजल लगाउनु – शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु – कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु – दुःख पाउने
४. मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु – अन्न महंगो हुनु
६. बाख्रा देख्नु – शत्रुको डर
?
७. राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु – विरामी हुने डर
९. पुरी खाएको देख्नु – खुशीको समाचार
आउनु
१०. तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु – समस्यामा पर्नु
१३. हरियालीपुर्ण जंगल देख्नु –
खुशियाली आउनु
१४. आफूलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु – धन प्राप्त हुनु
१७. झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु – राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु
२२. ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु – धन नास हुनु
२४. धुँवा देख्नु – व्यापारमा हानि
२५. भुकंप देख्नु – सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु – ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु – नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु – आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु – धन नास हुनु
३४. समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिमा योग
३५. गोबर देख्नु – पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु – समस्या बढ्नु
३७. मरेको मानिस देख्नु – रोगबाट मुक्त
३८. गरगहना देख्नु – कार्य पुर्ण हुनु
३९. जुवा खेलेको देख्नु – व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु – अत्यधिक धन प्राप्त हुन्छ।
४१. चील देख्नु – शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु – धन प्राप्त हुनु
४३. कैची देख्नु – घरमा झै-झगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु – धन लाभ हुनु
४५. काग देख्नु – कसैको मृत्युको समाचार आउनु
४६. कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु
४७. नदीको पानी पिएको देख्नु –
सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु – कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु – भाग्य चम्कनु
५०. घोडा देख्नु – संकट हट्नु
५१. मोती देख्नु – छोरी पाउने योग
५२. गाडेको धन देख्नु – अचानक धन लाभ हुनु
५३. झरना देख्नु – दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु
५५. कुवामा पानी देख्नु – धन लाभ
५६. सुन्दर स्त्री देख्नु – प्रेममा सफलता
५७. खुकुरी देख्नु – संकटबाट मुक्ति
५८. चन्दन देख्नु – शुभ समाचार आउनु
५९. नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु – स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु – जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु – शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु – भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग
६५. तिर्खा लाग्नु – लोभ बढ्नु