Friday, August 1, 2014

प्रत्येक महिलाले यौन स्वास्थ्यको बारेमा जान्नै पर्ने कुरा हरु:

स्वास्थ्यले मानव कामुकताका लागि एउटा सकारात्मक
दृष्टिकोण पैदा गर्ने गर्दछ । थुप्रै महिलाहरु आफ्नो शारिरिक
र मानसिक अवस्थाको बारेमा त्यति ध्यान दिने गर्दैनन् ।
पुरुषहरुको जस्तै महिलाको पनि यौन स्वास्थ्य निकै
महत्वपूर्ण हुने गर्दछ । महिलाहरुलाई जब
यौनक्रियामा पिडा हुने गर्दछ तब उनीहरु
त्यो सुख प्राप्त गर्न असमर्थ हुने गर्दछन् ।
यस्ता कुराहरुलाई लज्जास्पदको संज्ञा दिँदै
उनीहरुले आफ्नो समस्या कसैलाई
पनि बताउँदैनन् । यौन
स्वास्थ्यका समस्या विशेषतः योनीमा खुख्खापन,
सेक्स एलर्जी, यौनसम्बन्धि रोग र मेनोपज
आदि हुन् । जब स्वास्थ्यको कुरा आउँछ, तब कुनै
पनि महिलाले आफ्नो सेक्स तनावसँग
जोडिएका समस्या आफ्नो डाक्टरलाई भन्नका लागि लजाउनु
पर्दैन । सबैभन्दा महत्वपूर्ण यो हो कि प्रत्येक
महिलालाई स्वस्थ रहनका लागि यौन
स्वास्थ्यको तथ्यको बारेमा पूरा जानकारी लिन
जरुरी छ ।
यदि तपाईं पनि आफू पूरै स्वस्थ रहन चाहनुहुन्छ भने
तलका बुँदाहरु पढ्नुहोस्ः

१. भेजाइनल इस्ट इन्फेक्सनः यो निकै नै साधारण समस्या हो ।
इस्ट इन्फेक्सन सुरुमा कम संख्यामा योनीमा हुने
गर्दछ र बिस्तारै बढ्दै गएर यसले संक्रमणको रुप लिने
गर्दछ । इन्फेक्सन
भएको खण्डमा महिलाको योनीमा जलन, रातो हुने
र सुन्निने गर्दछ । यस्तो इन्फेक्सन हुँदा सेक्स निकै
पीडादायक हुने गर्दछ । इस्ट इन्फेक्सन कुनै
पनि महिलालाई हुने गर्दछ र यसको उपचार तुरुन्त गर्न
जरुरी छ ।

२. यौन रोग रोक्नका लागि कण्डमको प्रयोगः एड्स वा अन्य यौन
संचारित संक्रमणलाई रोक्नका लागि कण्डमको प्रयोग निकै
जरुरी छ । कोही मानिसहरु यस
बारेमा जान्दा जान्दै पनि कण्डमको प्रयोग गर्दैनन् । तर तपाईं
आफू पनि बच्ने र अरुलाई पनि बचाउने
जिम्मेवारी तपाईंको हो ।

No comments:

Post a Comment