हिन्दू समाजमा चुम्बनलार्इ त्यति प्राथमिकतामा दिइदैन
नकी समाजमा पनि पचाइन्छ तर चुम्बनका धेरै फाइदाबाट
गुमेका छन । चुम्बन प्रेमानुभूतिको प्रतिक मानिन्छ ।
प्रेमी जोडीले आफ्नो भावनालाई
चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् । तर, चुम्बन
प्रेमको अभिव्यक्तिमात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक
छ भन्ने कुरा चाहिँ कमैलाई थाहा छ । जर्नल मेडिकल
हाइपोथेसिसमा प्रकाशित एक अध्ययनअनुसार चुम्बनले महिलाको रोग
प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्छ, चुम्बनबाट
महिलाहरु साइटोमेगालो भाइरसबाट बच्न सक्छन् । यो भाइरस
मुखदेखि मुखसम्म फैलन्छन् । यदि गर्भावस्थाका दौरान
महिलामा यो भाइरस फैलन्छ भने नवजात शिशु अन्धोपन तथा अन्य
कैयौं जन्मजात रोगको शिकार बन्न सक्छन् ।
दुखाई बिर्साउछ: दिनभर काम गरेर शरिर दुख्छ भने पेनकिलर
लिनुको साटो आफ्नो जोडीको चुम्बन लिनुहोस्, यसले
पेनकिलरको जस्तै काम गर्छ । मुटुको लागि फाइदाजनक: चुम्बनले
रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित गर्छ । एक अनुसन्धानका अनुसार
आफ्नो जोडीलाई सधै चुम्बन गर्नेहरु सधै तनावमुक्त
हुन्छन् । साथै उनीहरु आफ्नो सबंन्धमा सन्तुष्ट
हुन्छन् । यसकारण चुम्बनका कैयौं प्रकारहरुले मुटुलाई स्वस्थ
राखी हरेक प्रकारका मुटुसंबन्धी रोगबाट
बचाउछ ।
क्यालोरी कम हुन्छ : अध्ययनका अनुसार
चुम्बन क्यालोरी कम गर्न फाइदाजनक मानिएको छ ।एक
मिनेटसम्म चुम्बन गर्दा दुई देखि ६ क्यालोरीसम्म कम
गर्न सकिन्छ । यदि एक जोडी एक घण्टासम्म चुम्बन
गर्न सक्छन् भने त्यसबाट कैयौं क्यालोरी खर्च गर्न
सक्छन् । अनुहारको मांसपेशी हुन्छ मजबूत
चुम्बनको अर्को फाइदा हो,
अनुहारको मांसपेशीको व्यायाम ।
अनुसन्धानकर्ताका अनुसार चुम्बनका बेला अनुहारको ३०
मांसपेशीको प्रयोग हुन्छ, यसबाट गालालाई
सही आकारमा राख्न मद्दत पुग्छ । तनाव कम हुन्छ:
चुम्बन गर्दा शरिरमा अक्सटोसिन नामक हर्मोन पैदा हुन्छ ।
यो शरिरलाई तनावमुक्त राख्न मद्दत गर्ने प्राकृतिक हर्मोन हो ।
यसका साथै एण्डोरफिन्सको पनि स्तर बढ्छ, जसबाट रोमान्टिक
संबन्ध मजबूत हुन्छ । दाँत स्वस्थ हुन्छ: यदि दाँत स्वस्थ
बनाउन चाहनुहुन्छ भने चुम्बन गर्नुहोस् । चुम्बनबाट
साल्भिया नामक तत्व धेरै उत्पादन हुन्छ, जसले दाँत सडाउने
ब्याक्टेरिया भगाउछ ।
एलर्जी भगाउछ: चुम्बनबाट
रगतमा एलजीई
एण्टीबडीजको स्तर कम हुन्छ ।
यो एण्टीबडीज हिस्टामाइन निकाल्छ ।
यो हर्मोन आँछ्यु र आँखाबाट
पानी आउनेजस्ता समस्याको कारक बन्छ । तर,
चुम्बनले यी सबै समस्याको समाधान गर्छ ।


No comments:
Post a Comment