Monday, June 30, 2014

दॉतका ७ स्वास्थ्य समस्या:


हाम्रो दाँत र मुखले आफ्नो समस्या बोलेर बताउन सक्दैनन् । तर
दाँत वा मुखमा हुने विभिन्न
पीडादायी समस्यालाई मौन रोदनमार्फत भने
प्रकट गरिरहेका हुन्छन् । दन्तविशेषज्ञले दाँत र
मुखसम्बन्धी पीडादायी सात
वटा समस्याका बारेमा दिएको जानकारी यहाँ प्रस्तुत
गरिएको छ । १. गिजामा रक्तस्राव हुने, रातो हुने वा सुन्निने
न्युयोर्कस्थित दन्तचिकित्सक पिया लिएव (एमडी,
डीडीएस) गर्भधारण वा हर्मोन परिवर्तन
हुने अन्य अवस्थामा साइड इफेक्टको कारण यस्तो समस्या आउने
बताउँछन् । ब्याक्टेरिया जम्मा हुँदा पनि यस्तो हुन सक्ने र सफासँग
दाँत माझ्दा एक–दुई दिनमै ठीक भएमा चिन्ता लिनु नपर्ने
तर एक साताभन्दा लामो समयसम्म
समस्या रहिरहेमा चिकित्सककहाँ जानुपर्ने बताइएको छ । २.
तीव्ररुपमा दाँत दुख्ने
यदि केही खानेकुरा टोक्दा एउटा वा अन्य
केही दाँत तीव्ररुपमा दुख्ने गरेको छ भने
तपाईंको दाँत कुहिएको वा प्वाल परेको हुन सक्ने
वासिङटनकी डा. स्याल्ली क्र्याम बताउँछिन्
। उनका अनुसार खानामा भएको चिनीलाई एसिडमा परिणत
गर्ने एक विशेष किसिमको ब्याक्टेरियाका कारण यो समस्या आउँछ । ३.
मुखभित्र पोल्ने बढी अमिलो र मसालादार
खाना खाँदा वा तात्तातो खाना खाँदा मुखभित्र पोल्ने डा. वर्थ बताउँछन् ।
यदि एक–दुई दिनमै ठीक भएमा खासै समस्या नहुने तर
लामो समयसम्म दुख्ने वा पोल्ने भइरहेमा त्यो भिटामिन
‘ए’को कमीको लक्षण भएको उनी बताउँछन्
। त्यस्तो अवस्थामा सखरखण्ड, गाजरजस्ता प्रचुर मात्रामा भिटामिन
‘ए’ पाइने खाना खानुपर्ने बुझिएको छ । ४. अलि–अलि दुखिरहने दाँत
केही दिन अलि–अलि दुखेमा त्यसै
पनि ठीक भएर जाने तर एक साताभन्दा लामो समयसम्म
असह्य पीडा भएमा दाँतको जरैमा संक्रमण भएको हुन
सक्ने र त्यसबाट गिजा–ग्ल्यान्डसमेत सुन्निन सक्ने भएकाले
तत्कालै चिकित्सकको सल्लाह लिनुपर्ने डा. वर्थ बताउँछन् । ५. दाँत
पहेँलो वा दागयुक्त हुने यो कुनै ठूलो समस्या नभएको र चिया,
कफी, वाइन वा अन्य गाढा पेय अर्थात् दाग लाग्ने तरल
पदार्थ सेवन गर्दा यस्तो हुन सक्ने डा. वर्थ बताउँछन् ।
यस्तो भएमा ह्वाइटेनिङ टुथपेस्ट प्रयोग गर्ने वा दाग लाग्न सक्ने
तरल पदार्थ सेवन गरेलगत्तै दाँत सफा गर्नु उचित हुने
उनको सल्लाह छ । बाल्यकालमा टेट्रासाइक्लिन वा अन्य
औषधिको प्रयोगबाट पनि यो समस्या आउन सक्ने
हुँदा दन्तचिकित्सकले सजिलै समाधान गर्न सक्ने डा. क्रइम
बताउँछिन् । ६. दाँत बाङ्गिने वा हल्लिने लामो समयसम्म
दाँतको राम्रो सफाइ र हेरचाह नगर्नाले दाँतमा रहेका ब्याक्टेरियाले
दाँतमा निर्माण गर्ने प्लेक्यु नामक पातलो तहको कारण
यो समस्या आउने चिकित्सकहरु बताउँछन् । ७. गिजा दुख्ने
यदि चिसो वा तातो पेयपदार्थ पिउँदा वा चिसो हावामा श्वास
फेर्दा गिजा वा दाँतको छेउछाउ दुख्छ भने दाँतमा खाल्डो भएको वा प्वाल
परेको हुन सक्ने डा. क्र्याम बताउँछिन् । ब्याक्टेरिया, कडा ब्रस
वा बेस्सरी दाँत माझ्दा पनि यो समस्या आउने बताइएको छ
। केही खाना, औषधि वा नमिल्ने
गरी लगाइएको माउथ गार्डका कारण दुखाइसँगसँगै
राता वा सेता थोप्लाहरु पनि देखिँदा मुखको क्यान्सरको लक्षण हुन
सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताइएको छ ।

No comments:

Post a Comment