Saturday, August 16, 2014

पृथ्वीतर्फ बढ्दै गरेको क्षुद्रग्रहले मानव जीवनलाई सखाप पार्ने खतरा


काठमाडौं, साउन ३१ – पृथ्वीमा ठोक्किने
गरी एउटा ठूलो क्षुद्रग्रह (एस्टरोइड) ३३ हजार ८
सय माइल प्रतिघण्टाको रफ्तारले अघि बढ्दै छ ।
यदी त्यो क्षुद्रग्रह पृथ्वीमा ठोकिने हो भने
पृथ्वी नै ध्वस्त हुने वैज्ञानिकहरुले बताएका छन् ।
वैज्ञानिकहरुका अनुसार करिब ४४ हजार ८०० मेगाटन विस्फोटक
पदार्थको क्षमता भएको उक्त क्षुद्रग्रह सन् २८८० को मार्च १६
का दिन पृथ्वीसँग ठोक्किने छ ।
यदी यसलाई आकाशमा नै ध्वस्त गरिने हो भने
यसको असर निकै भयानक हुने उनीहरुको भनाई छ ।
हुनतः यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने
सम्भावना १÷३०० मात्र छ, तर यो वैज्ञानिकहरुलाई चिन्तित
तुल्याउनका लागि काफी छ ।
यदी यो पृथ्वीसँग ठोकिने हो भने यसले
ठूलो सुनामी, भुईचालो ल्याउनेछ र यहाँको जलवायुलाई नै
परिवर्तन गरिदिने छ । यसले गर्दा पृथ्वीबाट मानव
जीवननै सखाप हुने कुरा वैज्ञानिकहरुले बताएका छन् ।
टेनिसी विश्वविद्यालयले उक्त क्षुद्र ग्रहको नाम १९५०
डीए दिएका छन् र यस विषयमा अध्ययन गरिरहेका छन् ।
स्रोतः मिरर अनलाइन

No comments:

Post a Comment