Showing posts with label international. Show all posts
Showing posts with label international. Show all posts

Saturday, July 5, 2014

नेयमारको ढाँडको हड्डी भाँचियो, विश्वकपफुटबलका बाँकी खेल गुमाउन


विश्वकप फुटबलका बाँकी खेल गुमाउने
ब्राजिलका स्ट्राइकर नेयमारको ढाडको एउटा हड्डी
भाँचिएको छ। शनिबार बिहानको खेलमा ८७ औं मिनेटमा कोलम्बियाका
क्विन्टेरोले फल गरेपछि उनी मैदानमै लडेका थिए । ढाडको
हड्डी भाँचिएपछि उनलाई खेल मैदानबाट
सीधै अस्पताल पुर्याइएको छ। नेयमारले अब
विश्वकपका बाँकी खेल गुमाउनेछन् ।
डाक्टर लासमारले नेयमारको मेरुदण्डको हड्डी फुटेपनि
त्यो त्यति गम्भीर भने नभएको बताएका छन् । उनले
तत्काल अप्रेशन गर्नु नपर्ने तर नेयमार केही हप्ता
मैदानमा उत्रिन भने नसक्ने बताए ।
ब्राजिलका टिम डाक्टरका अनुसार उनको उपचार सकिन
केही हप्ता लाग्नेछ । नेइमारको अनुपस्थितिले
ब्राजिललाई विश्वकपमा कमजोर बनाउन सक्ने आंकलन गरिएको छ।
जारी प्रतियोगितामा ४ गोल गरेका नेयमारले
बाँकी खेल खेल्न नसक्ने भएपछि ब्राजिलियन टिममा
चिन्ता थपिएको छ । उनी गोली गाँठोको चोटबाट
पनि पीडित थिए ।
नेयमारले कोलम्बियाविरुद्धको पहिलो गोलका लागि थिएगो शिल्भालाई पास
उपलब्ध गराएका थिए र यो खेल ब्राजिलले २–१ ले जितेको थियो।

Friday, July 4, 2014

अभिनेत्री दिपीका पादुकोण संसारकै सेक्सी महिला:

ऐजन्सी, १९ असार, भारतीय
अभिनेत्री दिपिका पादुकोण संसारकै
सेक्सी महिला बनेकी छिन् । एक प्रख्यात
पत्रिका 'एफएचएम' ले गरेको सर्वोक्षणबाट दिपिका संसारकै
सेक्सी महिला भएको प्रमाणित भएको हो ।
दिपिकाले बुधवारै उक्त पत्रिकाको लन्च पनि गरिन् जुन पत्रिकाको कभर
पेजमा दिपिकाको फोटो छापिएको छ भने कभर स्टोरी पनि ।
दिपिका सहित अन्य १ सय
सेक्सी महिलाको पनि तस्विर उक्त पत्रिकाले छापेको छ
। यसरी संसारकै
सेक्सी महिलाको रुपमा आफूलाई
पाउँदा खुसी लागेको बताउँदै दिपिकाले
आफ्नो शारीरिक बनावटले भन्दा पनि कामले
यो पद्वि पाएको दाबी गरेकि छिन् ।

Wednesday, June 25, 2014

सुहारेजले फेरि खेलाडी टोके


नाटल (एजेन्सी)-इङल्यान्डविरुद्ध २-१ को जितमा दुवै
गोल गरेर हिरो बनेका उरुग्वेका स्टार फरवार्ड लुईस सुआरेज
इटालीका डिफेन्डर
जर्जियो चेलिनीको काँधमा टोकेपछि फेरि विवादमा मुछिएका छन्

उरुग्वेले गोल गोल गर्नुभन्दा ठीक एक मिनेटअघि उनले
चेलिनीलाई टोकेका थिए ।
यसअघि पनि क्लब फुटबलको प्रतियोगितामा दुईपल्ट
विपक्षी खेलाडीलाई
टोकेका उनी लामो समय प्रतिबन्धमा पर्न सक्नेछन् । चार
बर्षअघि दक्षिण
अफ्रिकामा भएको विश्वकपको क्वाटरफाइनलमा घानाका
खेलाडीले अतिरिक्त समयको अन्त्यमा प्रहार गरेको बल
गोल लाइननिरै हातले रोकेपछि उनी विवादित बनेका थिए ।