ऐजन्सी, १९ असार, भारतीयअभिनेत्री दिपिका पादुकोण संसारकै
सेक्सी महिला बनेकी छिन् । एक प्रख्यात
पत्रिका 'एफएचएम' ले गरेको सर्वोक्षणबाट दिपिका संसारकै
सेक्सी महिला भएको प्रमाणित भएको हो ।
दिपिकाले बुधवारै उक्त पत्रिकाको लन्च पनि गरिन् जुन पत्रिकाको कभरपेजमा दिपिकाको फोटो छापिएको छ भने कभर स्टोरी पनि ।
दिपिका सहित अन्य १ सय
सेक्सी महिलाको पनि तस्विर उक्त पत्रिकाले छापेको छ
। यसरी संसारकै
सेक्सी महिलाको रुपमा आफूलाई
पाउँदा खुसी लागेको बताउँदै दिपिकाले
आफ्नो शारीरिक बनावटले भन्दा पनि कामले
यो पद्वि पाएको दाबी गरेकि छिन् ।


No comments:
Post a Comment