विश्वकप फुटबलका बाँकी खेल गुमाउने
ब्राजिलका स्ट्राइकर नेयमारको ढाडको एउटा हड्डी
भाँचिएको छ। शनिबार बिहानको खेलमा ८७ औं मिनेटमा कोलम्बियाका
क्विन्टेरोले फल गरेपछि उनी मैदानमै लडेका थिए । ढाडको
हड्डी भाँचिएपछि उनलाई खेल मैदानबाट
सीधै अस्पताल पुर्याइएको छ। नेयमारले अब
विश्वकपका बाँकी खेल गुमाउनेछन् ।
डाक्टर लासमारले नेयमारको मेरुदण्डको हड्डी फुटेपनि
त्यो त्यति गम्भीर भने नभएको बताएका छन् । उनले
तत्काल अप्रेशन गर्नु नपर्ने तर नेयमार केही हप्ता
मैदानमा उत्रिन भने नसक्ने बताए ।
ब्राजिलका टिम डाक्टरका अनुसार उनको उपचार सकिन
केही हप्ता लाग्नेछ । नेइमारको अनुपस्थितिले
ब्राजिललाई विश्वकपमा कमजोर बनाउन सक्ने आंकलन गरिएको छ।
जारी प्रतियोगितामा ४ गोल गरेका नेयमारले
बाँकी खेल खेल्न नसक्ने भएपछि ब्राजिलियन टिममा
चिन्ता थपिएको छ । उनी गोली गाँठोको चोटबाट
पनि पीडित थिए ।

नेयमारले कोलम्बियाविरुद्धको पहिलो गोलका लागि थिएगो शिल्भालाई पास
उपलब्ध गराएका थिए र यो खेल ब्राजिलले २–१ ले जितेको थियो।

No comments:
Post a Comment