काठमाडौं, श्रावण १६ । ताइवानमा ग्यास विष्फोटमा परी २२
जनाको मृत्यु भएको छ । श्रृंखलाबद्ध विष्फोट
हुँदा दक्षिणी ताइवानको काओसिउगमा अरु दुई सय ७०
जना घाइते भएका छन् ।
ग्यास लिक हुनुको खास कारण पत्तो लाग्न नसकेपनि पाइप फुटेर
दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
विष्फोटबाट घर र
सडकहरुमा ठूलो क्षति पुगेको छ । दर्जनौं घाइतलाई अस्पताल पु
¥याइएको छ ।
विष्फोट भयानक भएकाले तत्कालै नियन्त्रण गर्न
गाह्रो परेको उद्धारकर्मीहरुले जनाएका छन् ।
चारजना अग्नि नियन्त्रकहरुकै पनि मृत्यु भएको छ ।
घटनास्थलनजिक रहेका विद्यालय र अरु भवनहरुबाट मानिसहरुलाई
उद्धार गरिएको छ । सयौं सैनिक र उद्धारकर्मीहरु
उद्धारमा जुटेका छन् । (एजेन्सी) -


No comments:
Post a Comment