पढ्दै आएको कुरा हो, मानिसको जिब्रोले ४ वटा भिन्न स्वाद
थाहा पाउँछ ः ती हुन्, गुलियो, नुनिलो, तितो र अमिलो ।
तर वैज्ञानिकहरुले भने हाम्रो जिब्रोले केवल ४ वटा स्वाद मात्र
थाहा पाउँछ भन्ने मान्यतालाई गलत सावित गरिदिएका छन् । न्युयोर्क
टाइम्सको एक ब्लगमार्फत शोधकर्ता पिटर एन्ड्रे स्मिथले स्वाद
बारेको विद्यमान विज्ञानमाथि समीक्षा गरेका छन्,
जसमा उनले जिब्रोले थाहा पाउने स्वाद बारेको हाम्रो वर्तमान
बुझाइमाथि पुनर्विचार गर्न बाध्य बनाएका छन् ।‘आज,
स्याभोरी अर्थात् उमामी बहुचर्चित
आधारभूत स्वाद बनेको छ, पाँचौँ’, स्मिथ भन्छन् ‘र अहिले
नयाँ उमेद्वारहरु, सायद १० अथवा २० ले
स्वादको नयाँ क्लबमा प्रवेश पाउँदैछन् ।’ उनका अनुसार आधारभूत
स्वादको समूहमा अब छिटै प्रवेश पाउने स्वाद
हो फ्याट्टीनेश अर्थात् घिउ स्वाद । शोधकर्ताहरु
खासमा घिउको निश्चित स्वाद हुन्छ वा यसको चिल्लोपना मात्र
अनुभव गर्न सकिन्छ भन्ने कुरामा दोधारमै छन् । तर
हाम्रो जिब्रो घिउको उपस्थितिप्रति यतिधेरै संवेदनशील
हुन्छ की हामीले निल्नका लागि ठिक्क
परेको चिल्लो पदार्थ थुक्दा समेत
हाम्रो रगतमा रहेको चिल्लोको मात्रा बढ्न जान्छ ।
ब्लगमा अगाडि लेखिएको छ, ‘जिब्रोले थाहा पाउन सक्ने अन्य
आधारभूत स्वादहरु कुन कुन होलान् ? अन्य स्वादहरुमा सोपिनेस
अर्थात् साबुन स्वाद, लाइसिन, इलेक्ट्रीक स्वाद,
क्षारिय स्वाद, हाइड्रोअक्साइड स्वाद तथा धातु स्वाद ।’
वैज्ञानिकहरुले
यसअघि पनि रातो खुर्सानीको जस्तो स्वाद अर्थात्
पिक्वान्स, कूलनेस तथा कार्वन डाइअक्साइड स्वादलाई पनि जिब्रोले
थाहा पाउन सक्ने स्वादको सूचिमा राखिनुपर्ने बताएका छन् ।
वैज्ञानिकका अनुसार जिब्रोको एक भागले गुलियो तथा अर्को भागले
तितो स्वाद थाहा पाउँछ भन्ने कुरा केवल मिथक हो ।
उनीहरुका अनुसार जिब्रोका विभिन्न भागमा विभिन्न खाले
स्वाद कोशिकाहरु हुन्छन् जसले भिन्न भिन्न स्वाद थाहा पाउँछन्
। onlinekhabar


No comments:
Post a Comment