Thursday, July 31, 2014

यसकारण चन्द्रमा कागती जस्तो भयो

चन्द्रमाको आकार मिलेको गोलो छैन,
केही बिग्रिएको जस्तो अर्थात् थ्याच्च
परेको कागती जस्तो छ ।

आखिर किन
यस्तो भयो होला ?

वैज्ञानिकहरुले चन्द्रमाको आकार बिग्रिनुको गुह्य
कुरा पत्ता लगाएका छन् ।
अमेरिकी वैज्ञानिकहरुले परिभ्रमण
तथा ज्वारीय शक्तिले चन्द्रमाको आकारमा पार्ने
असरको अध्ययन गरेका छन् ।

नेचर पत्रिकामा छापिएको खबर अनुसार चन्द्रमाको आकार बिगि्रएर
कागती जस्तो हुनुको कारण
पृथ्वीको ज्वारीय बल
तथा चन्द्रमाको आफ्नै घुमाइ नै हो ।
क्यालिफोर्निया विश्वविद्यालयका प्रमुख शोधकर्ता ग्यारिक
बेथेलका अनुसार
चन्द्रमाको उत्पत्ति भएपछिको सुरुवाती कालमै जब
चन्द्रमामा केवल पातलो बाहिरी सतह मात्र ठोस
थियो र
भित्री भाग सबै तरल
रुपमा थियो सोही बेला नै चन्द्रमाको आकार गोलाकारबाट
यस्तो रुपमा बिगि्रएको हो ।
पृथ्वीसँगको अन्तरक्रिया तथा गुरुत्वाकर्षण बलले
समेत
चन्द्रमालाई आफ्नो कक्षबाट
केही सारेको शोधकर्ताको भनाइ छ ।

हरेक ग्रहको आकार निर्धारणमा यसको घुम्ने गतिले मुख्य
प्रभाव
पार्ने भन्दै शोधकर्ताले बेलनुमा पानी भरेर जोडसँग
घुमाउँदा यसको मध्य भाग फूलेजस्तै तिब्र
गतिमा अक्षमा घुम्दा चन्द्रमाको आकार
पनि केही थेप्चिएजस्तो भएको बताए ।

प्राध्यापक ग्यारिक बेथेलका अनुसार चार अर्ब वर्ष पहिले
चन्द्रमाको उत्पत्ति भएको हो । पृथ्वी एक
अर्को आकाशीय पिण्डसँग
ठोक्किँदा पृथ्वीमा भएका पदार्थहरु उछिटि्टएर
एकत्रित
भई चन्द्रमाको उत्पत्ति भएको हो । जुन बेला ज्वारशक्ति निकै
बलियो थियो र चन्द्रमा पनि निकै तिब्र गतिमा घुमिरहेको थियो र
तापक्रम
पनि उच्च थियो । सोही कारण
पृथ्वीको गुरुत्वाकर्षण बलले समेत
तान्दा चन्द्रमाको बाहिरी सतहमा तानिने दबाब पर्न
जाँदा सतहको भाग तानिएर थेप्चो भएको हो ।
एजेन्सी

No comments:

Post a Comment