काठमाडौं : नेपाल वायुसेवा निगमको आन्तरिक उडानमा प्रयोग
भइरहेको एमए ६० जहाज फेरि ग्राउन्डेड भएको छ।
राडारमा खराबी देखिएपछि जहाज फेरि ग्राउन्डेड
भएको छ। 'मंगलबार बेलुका विराटनगरबाट
काठमाडौं आएपछि जहाजको राडारमा खराबी देखिएको थियो',
निगमका प्रवक्ता सरोज कसजुले भने।
आवश्यक मर्मत गर्न
चीनबाट नै सामान मगाएर बनाउनुपर्ने भएकोले
आगामी साउन ४ गतेसम्मलाई नउड्ने भएको कसजुले
अन्नपूर्णलाई बताए।गत असार १६ गते विराटनगरमा अवतरण गर्ने
क्रममा चरा ठोक्किएर ग्राउन्डेड भएको यो जहाज सोमबारबाट मात्रै
उडानमा आएको थियो।जहाज बनाएर उडाएको दुई दिनपछि फेरि पाँच
दिनलाई ग्राउन्डेड भएको हो।चरा ठोकिएका कारण १३ दिन ग्राउन्डेड
भएको यो जहाज सोमबार र मंगलबार दुई दिन मात्रै उडेको थियो।
राडार
रिडिङमा समस्या आएपछि टावरसँग
सम्पर्क
गर्न कनिनाइ
हुन्छ।
कहिलेकाहीँ उडिरहेको जहाजमा पनि यस्तो समस्या आउन
सक्छ।
चरा ठोकिएर
ग्राउन्डेड
भएकै
समयमा यो समस्या थाहा भएपनि दुई दिन दिन उडाउन मिल्ने भएकोले
दुई दिन उडेको निगम स्रोतको भनाइ छ।निर्धारित समयमा नै सामान
आउन ढिलो भएकोले जहाजलाई ग्राउन्डेड गरेरै
राख्नुपरेको निगमको भनाइ छ। चरासँग ठोक्किएपछि झण्डै दुई
हप्ता विराटनगर विमानस्थलमा ग्राउन्डेड भएको नेपाल वायु
सेवा निगमको नयाँ जहाज सोमबारदेखि उडेकाे थियो। असार १६ गते
चरासँग ठोक्किँदा एउटा पखेटा क्षतिग्रस्त भएपछि विराटनगर
विमानस्थलमा राखिएको थियो।काठमाडौंबाट विराटनगर आउने
क्रममा चरासँग उक्त विमान ठोक्किएको थियो। चीनबाट
ल्याएपछि दुई महिनासम्म एमए ६० जहाजलाई
काठमाडौं विमानस्थलमा ग्राउन्डेड गरिएको थियो। जेठ १५ गते
नयाँ विमानले उडान सुरु गरेको थियो। उडान सुरु गरेको दुई हप्तामै
चरासँग ठोक्किएर दुई हप्ता ग्राउन्डेड भयो।


No comments:
Post a Comment