Wednesday, July 16, 2014

२०७१ साउन महिनाको मासिक राशिफल:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सूर्य र मंगलको प्रभावले यस अवधिमा तपाईंले
कडा मिहिनेत गर्नुपर्छ जुन तपाईंका लागि कष्टप्रद
हुनसक्छ । निरन्तर रूपमा गरिएको परिश्रमका कारण छिटै
थाकिन्छ र कार्य क्षमतामा पनि कमी आउने छ
। मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्नेछ ।
तर बुध र शुक्रको अनुकूलताले
तपाईंको मिहिनेतको राम्रो नतिजा हात पर्ने छ ।
ससाना यात्राबाट राम्रो फल प्राप्त हुनेछ । विदेशबाट
राम्रो समाचार प्राप्त हुनेछ । दाजुभाइ र
दिदीबहिनीहरूबाट समेत
सहायता प्राप्त हुनेछ । यस समयावधिमा तपाईं अत्यधिक
उत्साही र फुर्तिलो रहनुहुनेछ ।
सामान्यतया यस महिनाको १, २, ३, १०, ११, १२, २०, २१,
२८, २९ र ३० गते
तपाईंका लागि नराम्रा दिनका रुपमा देखा पर्नेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समग्रमा यो महिना तपाईंका लागि सकारात्मक भएर उपस्थित
भएको छ । पारिवारिक जीवनमा तपाईंले सुख
प्राप्त गर्नु हुनेछ र बहुप्रतीक्षित इच्छा र
उद्देश्यमा सफलता आर्जन हुनेछ । यस अवधिमा तपाईंले
धेरै समय घुमघाम र भ्रमणमा बिताउनु हुनेछ ।
ससाना यात्रा भाग्यशाली सिद्ध हुनेछन् र सुखद
समेत हुनेछन् । धनप्राप्तिको समाचार प्राप्त हुनेछ ।
पारिवारिक मित्र र
नातागोताका साथीभाइसँगको सामाजिक सम्बन्ध
अझ राम्रो हुनेछ । वर्तमान समयमा स्वास्थ्य पनि अनुकूल
रहने छ । आर्थिक रूपले यो उत्तम समय हुनेछ ।
सामान्यतया यस महिनाको ३, ४, ५, १३, १४, २२, २३, २४,
३० र ३१ गते तपाईंका लागि नराम्रा दिनका रुपमा देखा पर्नेछन्

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यो महिना सूर्य र मंगल ग्रह तपाईंको विपक्षमा र बुध र
शुक्र ग्रह पक्षमा उभिएको हुँदा मिश्रित परिणाम प्राप्त
हुनेछ । सूर्य र मंगलका कारण पारिवारिक
जीवन सुखद हुनेछैन, सम्पत्तिको नाश
हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ
नहौसिनु होला । तर बुध र शुक्रका कारण यस
अवधिमा तपाईंले अत्यन्त सुखभोग गर्न पाउनु गर्नु हुनेछ
। प्रतिभा र योग्यतालाई उपयोग गर्नाले राम्रो परिणाम प्राप्त
हुनेछ । सम्मान प्राप्त हुनेछ र ख्याति बढ्ने छ ।
यद्यपि कामको बोझ धेरै नै हुन्छ, तर स्वास्थ्य अनुकूल
रहने छ । दाम्पत्य जीवनको भरपूर सुख भोग
गर्न पाउनु हुनेछ । सामान्यतया यस महिनाको ५, ६, ७,
१५, १६, १७, २४, २५ र २६ गते
तपाईंका लागि नराम्रा दिनका रुपमा देखा पर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मंगल र शनिको प्रतिकूलताका बाबजूद
यो महिना तपाईंका लागि सफलतम महिनाका रुपमा आएको छ
। धनात्मक दृष्टिकोण र अत्यधिक
आत्मविश्वासका आधारमा कुनै महत्वपूर्ण
जिम्मेबारी प्राप्त हुनेछ ।
आफ्नो स्वास्थ्यस्थितिमा र
घरपरिवारमा पनि स्वास्थ्यसम्बद्ध समस्या देखा पर्न सक्छ
। भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न
धनखर्च हुनेछ । उच्चकोटिको दाम्पत्य
जीवनको सुख भोग गर्न पाउनु हुनेछ ।
तपाईंको उद्देश्य उपलब्धीमूलक हुनेछ ।
तपाईंभित्र रहेको दृढ इच्छा शक्तिका कारण
विपरीत परिस्थितिमा पनि तपाईंले विवेक गुमाउनु
हुन्न र समुचित काम गर्नुहुनेछ । तपाईंको सामाजिक
सम्बन्धमा विस्तार हुनेछ र
तपाईंको प्रतिष्ठामा पनि अभिबृद्धि हुनेछ । परिवारमा कुनै
मांगलिक कृत्य सम्पन्न हुनेछ । सामान्यतया यस
महिनाको ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते
तपाईंका लागि नराम्रा दिनका रुपमा देखा पर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सूर्य र बृहस्पति तपाईंको बाह्रौं घरमा रहे
पनि यो महिना लाभकारी नै छ । तर वर्तमान
समयमा क्षणिक आवेग र उन्मादमा कुनै काम वा निर्णय
नगरेको नै बेस हुनेछ । यात्राबाट लाभ प्राप्त हुनेछ ।
सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रणय
सम्बन्धका निमित्त समेत यो समय राम्रो छ ।
बहुप्रतीक्षित अभिलाषा र
इच्छाको पूर्णता हुनेछ । दाजुभाइ र
दिदीबहिनीले समेत
आआफ्नो कार्यक्षेत्र मा राम्ररी काम गर्नेछन्
। अनावश्यक खर्चको मात्रा बढ्ने छ, तर
आम्दानीका मार्गहरू पनि पर्याप्त रहने छन् ।
सामान्यतया यस महिनाको १, २, ३, १०, ११, १२, २०, २१,
२८, २९ र ३० गते
तपाईंका लागि नराम्रा दिनका रुपमा देखा पर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सूर्य, बुध र शुक्रको अनुकूलताका कारण तपाईंका इच्छा र
आकांक्षाहरू पूर्ण हुनेछन् । नातागोताका सदस्यहरू र
मित्रवर्गबाट सहायता प्राप्त हुनेछ । यस
समयमा गरिएका किनमेल र कारोबारहरू सफलतम सिद्ध
हुनेछन् । करार र सम्झौताबाट तपाईंले अत्यधिक लाभ
प्राप्त गर्नुहुनेछ । प्रेम र प्रणय सम्बन्धका निमित्त
समेत यो एउटा श्रेष्ठ समय हो । आय
आर्जनका मार्गमा राम्रै सुधार आउने छ । लामो यात्रा सुखद
एवं सफलतम सिद्ध हुनेछ । तर मंगल ग्रह प्रतिकूल
हुनाले घरपरिवारकै सदस्यका कारण तनाव उत्पन्न हुन
सक्छ । ससाना कुरा र विषयका कारण पनि झैझगडा हुन
सक्छ । मुखलाई नियन्त्रण गर्नुपर्छ, नत्र
अप्ठ्यारामा पर्न सक्नुहुन्छ । सामान्यतया यस
महिनाको ३, ४, ५, १३, १४, २२, २३, २४, ३० र ३१ गते
तपाईंका लागि नराम्रा दिनका रुपमा देखा पर्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तपाईं असाध्यै क्रियाशील र व्यस्त रहनु
हुनेछ । व्यापार र नोकरीका माध्यमबाट
लाभप्राप्त गर्नु हुनेछ । मातापिता र वरिष्ठ
अधिकारीको कृपा र आशीर्वाद
प्राप्त हुनेछ । यो समय
तपाईंको कर्मक्षेत्रको परीक्षणको समय
हो । व्यवसायिक
क्षेत्रको फलदायी यात्रा सम्पन्न हुनेछ ।
सबै पक्षबाट यस समयलाई सन्तोषजनक
समयका रुपमा लिन सकिन्छ । तपाईंले समस्त आर्थिक
समस्याहरु हल गर्नुहुने छ । यद्यपि आफ्नै
राशिमा मंगल र शनिको युति भएकाले इच्छाविपरीत
परिणाम आउनसक्छ, सानातिना रोगव्याधिको भय छ र
हलुका दुर्घटना हुने सम्भावना पनि छ । सुदूर र दुर्गम
प्रदेशको यात्राको सम्भावना छ । सामान्यतया यस
महिनाको ५, ६, ७, १५, १६, १७, २४, २५ र २६ गते
तपाईंका लागि नराम्रा दिनका रुपमा देखा पर्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सूर्य र बृहस्पति तपाईंको पक्षमा रहँदारहँदै यस
अवधिमा तपाईंले कतिपय प्रतिकूल परिस्थिति र
कठिनाइको सामना गर्नुपर्नेछ ।
केही समस्याहरू तपाईंको स्वाभिमान र
घमण्डका कारण पनि सिर्जना हुनेछन् । ससाना कुराका कारण
विवाद बढ्ने सम्भावना छ । महत्वहीन र
बेकारका काममा तपाईंले आफ्नो शक्ति र समय खर्च
गर्नुहुनेछ । स्वास्थ्य ठीक नहुनाले कुनै
पनि काम तपाईंले पूर्ण गर्न सक्नुहुन्न । पारिवारिक
जीवन तनावग्रस्त रहने छ । यद्यपि उच्च
पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुनेछ र
तिनीहरूको सल्लाह र सद्भाव प्राप्त हुनेछ
। धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रको भ्रमण
गर्नुहुनेछ । सामान्यतया यस महिनाको ८, ९, १०, १७,
१८, १९, २६, २७ र २८ गते
तपाईंका लागि नराम्रा दिनका रुपमा देखा पर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यो महिना मिश्रित परिणाम प्राप्त हुने सम्भावना छ । मित्र र
सहयोगीहरूबाट तपाईंले लाभ प्राप्त
गर्नुहुनेछ । बहुप्रतीक्षित इच्छा र
आंकाक्षाहरूले पूर्णता पाउने छन् र
लामो दूरीको यात्राबाट लाभ प्राप्त हुनेछ । आय
आर्जनका मार्गमा बढोत्तरी हुनेछ । तर
आठौं सूर्य र बृहस्पतिका कारण अचानक विविध
समस्या देखा पर्न सक्छन् । पारिवारिक र
नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन
नसक्नाले झगडा र विवाद हुनेछ । स्वास्थ्यप्रति सचेत
रहनु बेस हुनेछ । खराब र अनैतिक मानिने
कामभन्दा टाढा रहनु कल्याणकारी हुनेछ ।
सामान्यतया यस महिनाको १, २, ३, १०, ११, १२, २०, २१,
२८, २९ र ३० गते
तपाईंका लागि नराम्रा दिनका रुपमा देखा पर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समग्रमा यो महिना राम्रो महिना छैन । कामको बोझ
बढेको अनुभूति हुनेछ । व्यर्थका काममासमेत फँस्नु पर्नेछ
। तपाईंले कडा मिहिनेत गर्दा समेत राम्रो परिणाम हात पार्न
सक्नुहुन्न । पारिवारिक वादविवाद, झैझगडा र
समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ
अन्यथा अप्रिय घटना भोग्ने स्थिति आइलाग्ने छ । मानसिक
रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ । तर
मंगल र बृहस्पति ग्रह अनुकूल हुनाले लेनदेनको कारोबार,
सार्वजनिक क्षेत्र वा सरकारद्वारा फाइदा हुनेछ । शत्रुले
तपाईंलाई हानि पुर्याउन सक्दैनन् । दाम्पत्य
जीवनको सुख भोग गर्न पाउनु हुनेछ ।
सामान्यतया यस महिनाको ३, ४, ५, १३, १४, २२, २३, २४,
३० र ३१ गते तपाईंका लागि अझ
बढी सचेतता अपनाउनु पर्ने
दिनका रुपमा आउनेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस अवधिमा तपाईंले जे गरे पनि सफलता हात पार्नु हुनेछ
। समस्त समस्याहरूको स्वतः समाधान हुनेछ । शत्रुलाई
पराजित तुल्याउनु हुनेछ र उसले तपाईंलाई नोक्सान गर्न
सक्दैन । तपाईंको काम सफल हुनेछ र
नोकरी र व्यायसायिक
जीवनमा समेत सुधार आउने छ । प्रतिष्ठा र
पदोन्नतिको सम्भावना छ । सम्मान र साख पनि प्राप्त हुनेछ
। समग्रमा यो एउटा सफलतम समय हुनेछ ।
घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र
आशीर्वचन प्राप्त हुनेछ ।
यद्यपि बृहस्पति ग्रहको प्रतिकूलताले गर्दा थोरै
लाभका लागि समेत तपाईंले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ ।
पेसागत र व्यवसायिक परिस्थति बिग्रँदै जानेछ । झैझगडा र
झंझटबाट टाढा रहने प्रयत्न गर्नुहोस् । सामान्यतया यस
महिनाको ५, ६, ७, १५, १६, १७, २४, २५ र २६ गते
तपाईंका लागि नराम्रा दिनका रुपमा देखा पर्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,
चि) –
तपाईंले जीवनलाई ठूलो उत्साह र
उमङ्गका साथमा स्वागत गर्नुहुनेछ । तपाईंभित्र
लुकेको व्यवसायगत सहज योग्यताको विकास हुनेछ । यस
अवधिमा तपाईंले धेरै गम्भीरतापूर्वक काम
गर्नुहुनेछ । तपाईंले सुखसुविधा प्राप्त गर्नु हुनेछ र
साधारणतया प्रसन्नता प्राप्त हुनेछ । धार्मिक
क्रियाकलापसित सम्बद्ध हुने सम्भावना छ । मित्रवर्ग र
हितैषीले पूर्ण सहयोग प्रदान गर्नेछन् । तर
मंगल आठौं हुनाले दाम्पत्य जीवन र प्रणय
एवं रतिरागका लागि यो समय श्रेयस्कर हुँदैन ।
चिन्तनमननमा बढी निर्लिप्त हुनु
पनि हानिकारक बन्नसक्छ त्यसैले यस परिस्थितिबट
तपाईंले जोगिनु पर्छ । आकस्मिक रूपमा यात्रा गर्ने अवसर
पनि आउन सक्छ । सामान्यतया यस महिनाको ८, ९, १०,
१७, १८, १९, २६, २७ र २८ गते
तपाईंका लागि नराम्रा दिनका रुपमा देखा पर्नेछन् ।

No comments:

Post a Comment