Sunday, July 13, 2014

आजको राशिफल


आजको पञ्चाङ्ग

वि.सं. २०७१ आषाढ ३० गते सोमबार तदनुसार
ईश्वीसन् ई. सं. २०१४ जुलाई १४ तारिख,
प्लवङ्ग नामको संवत्सर, शाके : १९३६, श्रीसूर्य
उत्तरायण, गृष्म ऋतु, ने.सं. : ११३४, (दिल्लागा)

चन्द्रमा मकर राशिमा, भोलि बिहान ३ बजेर २३ मिनेटसम्म,
त्यसपछि कुम्भ राशिमा,
आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण,
योगिनीदिशा : उत्तर, वारशूल : पूर्व,
सोलुखुम्बु, नेपालमा सूर्योदय : ०५:१३:१० बजे र सूर्यास्त :
०६:५४:४६ बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय :
०५:१२:१५ बजे र सूर्यास्त : ०६:५०:१७ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : ०५:१७:५५ बजे र सूर्यास्त :
०७:००:१७ बजे,
श्रावण कृष्णपक्षको द्वितीया तिथि, दिउँसो १२ बजेर
४५ मिनेटसम्म, त्यसपछि तृतीया तिथि,
श्रवण नक्षत्र दिउँसो ४ बजेर १४ मिनेटसम्म,
त्यसपछि धनिष्ठा नक्षत्र,
प्रीति योग मध्यरात्रीपछि १ बजेर ३३
मिनेटसम्म, त्यसपछि आयुष्मान् योग,
गर करण दिउँसो १२ बजेर ४५ मिनेटसम्म त्यसपछि वणिज करण,
राहुकाल बिहान ६ बजेर ५५ मिनेटदेखि ८ बजेर ३७ मिनेटसम्म,
काल बारबेला बिहान ६ बजेर ५५ मिनेटदेखि ८ बजेर ३७
मिनेटसम्म,
रोग बारबेला बिहान १० बजेर १९ मिनेटदेखि दिउँसो १२ बजेर ०१
मिनेटसम्म ।
आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज कामको दायित्व थपिने छ । सार्वजनिक हीत र
परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुने योग छ
। परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य सम्पन्न हुनेछ,
जसमा तपाईंको भूमिकाको खोजीहुनेछ ।
आम्दानीमा कमी आउने छैन ।
आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण
दिन हो । त्यसैले आज साँझ पूर्व वा दक्षिण
दिशाको यात्रा गर्नुहोस्
अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस् ।
विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य
सम्पन्न हुनेछ । आजका लागि शुभ अंक ४ र शुभरंग
हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ बुं बुधाय नमः यस
मन्त्रको कम्तीमा ८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ, धेरै
उमङ्ग नल्याउनु नै बेस होला । स्वास्थ्यमा अचानक
गडबडी आउने सम्भावना देखिन्छ । विभिन्न
समस्याहरू झेल्ने समय छ । समस्याबाट मुक्त भएर बस्न
कठिन हुनेछ । तर समस्यादेखि नभाग्नु होला । आजका लागि शुभ
अंक ३ र शुभरंग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस
मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य
सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक
मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र
धन खर्च हुनेछ । पारिवारिक
जीवनमा रमाइलोपना आउने छ ।
आम्दानीमा कमी हुने छैन ।
आजका लागि शुभ अंक ७ र शुभरंग कालो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफन्त वा मित्रले काममा धोका दिने सम्भावना छ ।
जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ
। सोचेका कामहरू ढिलो गरी सम्पादन हुनेछन् ।
व्यापारव्यवसाय र साझेदारीबाट फाइदा हुनेछैन ।
सवारी साधनबाटसमेत हानि पुग्नसक्छ ।
आजका लागि शुभ अंक ९ र शुभरंग छिर्केमिर्के बुट्टे हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें
केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम
बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष
सभासमारोहमा सहभागी बन्ने मौका छ ।
आम्दानीका मार्गहरू खुल्ला रहनेछन् ।
आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ ।
आजका लागि शुभ अंक ५ र शुभरंग
बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस
मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धार्मिक, सामाजिक र मित्रवर्ग बाट धोका हुनसक्छ।
छाला सम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न ।
आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै
जिद्दीपनाले गर्दा काम बिग्रने र
छरछिमेकमा असमझदारी बढ्ने सम्भावना समेत छ ।
आजका लागि शुभ अंक ९ र शुभरंग गाढा रातो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विद्वान र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त
हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर
सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक
यात्राको सम्भावना छ । धार्मिक, सामाजिक र सांस्कृतिक
क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । आजका लागि शुभ अंक
६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ गुरवे नमः यस
मन्त्रको कम्तीमा २४ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ ।
पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ ।
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन
रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ ।
आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शुभ कुराको सङ्केत मिल्नेछ । व्यापारिक वा दैनिक कामहरू
सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त
हुने र विशेष यज्ञयागादि तथा धार्मिक
कृत्यमा सहभागी हुनु पर्नेछ । दानदक्षिणा र
सरसहयोग गर्दा धनखर्च हुने योग छ । आजका लागि शुभ अंक
८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस
मन्त्रको कम्तीमा १८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लामो दूरीको यात्रा हानीकारक हुनसक्छ
। यात्राको योजना छ भने बेलुका रात छिप्पिएपछिमात्र थाल्नु बेस
हुनेछ, नत्र शरीरमा पीडा हुनेछ ।
घाउचोट तथा अन्य वस्तुले समेत दुःख दिनसक्छ । दिउँसो अप्रिय
समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउनसक्छ ।
आजका लागि शुभ अंक ४ र शुभरंग
पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस
मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज कुनै याचकलाई खाना खुवाउँदा शत्रुमाथि विजय प्राप्त हुने
दिन हो । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक,
सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ ।
सानोतिनो लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

No comments:

Post a Comment