अचानक बेस्सरी पेट दुख्नु र दुखाई
शुरुमा नाइटोका वरिपरि अनि विस्तारै
दायाँतिर पेटको तलतिर सर्दै जानु सामान्य
दुखाई मात्र नभएर एपेन्डिसाइटिस
पनि हुनसक्छ ।
एपेन्डिसाइटिस ठूलो आन्द्रासँग सम्बन्धित
रोग हो । ठूलो आन्द...्राको छेउमा भर्मिफम
एपेन्डिक्स रहेको हुन्छ । जसले रोग
प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत
गर्छ । तर, निस्कासन गरिनुपर्ने विषाक्त
पदार्थ लामो समयसम्म
ठूलो आन्द्रामा रहेमा यसले रोग उत्पादन
गर्छ ।
– लामो समयसम्म कब्जियतको समस्या हुनु
(chronic constipation)
– पच्न गाह्रो हुने तारेको, भुटेको र
मसालेदार खाना खानु ।
– अत्यधिक मासु खानु ।
– अस्वस्थकर खानपान र अव्यवस्थित
जीवनशैली ।
– शारीरिक व्यायाम कम हुनु ।
लक्षणहरु (symptoms) :
– शुरुमा नाइटोका वरिपरि दुख्दछ र
विस्तारै उक्त पीडा दायाँतिर
पेटको तलतिर बढ्दै जान्छ ।
– अपच हुनु (Indigestion)
– वाकवाक लाग्नु र वान्ता हुनु (nausea &
vomiting)
– ज्वरो आउनु (fever)
–
पेटको दाया भागको मांसपेशी कडा भएको महसुस
हुनु
– बायाँतिर चलाउँदा समेत दायाँतिर दुख्नु
(rovsin’s sign positive)
– बिरामीको पेट छामेर छोड्दा विरामीले
पीडाको महसुस अलि बढी गर्दछ ।
– पखाला वा कब्जियत हुनु ।
– एपेन्डिसाइटिस भएका विरामीलाई ४८
घण्टाभित्र नै
शल्यक्रिया गरी एपेन्डिक्सलाई काटेर फाल्नु
नै यसको प्रमुख उपचार हो । तसर्थ
यस्ता प्रकारका विरामीको शंका लाग्नासाथ
जतिसक्दो छिटो शल्यक्रियाको निमित
अस्पतालमा लैजानु पर्छ ।
– तुरुन्तै अप्रेसन गर्नुपर्ने बाहेक अन्य
अवस्थामा खानपान, आराम व्यायाम, योग,
ध्यान आदिको माध्यमबाट यसको उपचार
गर्न सकिन्छ ।
– दुखाईको अवस्थामा भोजन नगरी पानी,
फलफूलको जुस र फलफूल मात्र सेवन गर्नुपर्दछ ।
– कब्जियत यो रोगको मुख्य कारण
भएको हुँदा यसको उपचार वा कब्जियत हुनै
नदिने उपाय अपनाउनुपर्छ ।
– दैनिक भोजनमा प्रशस्त पलफूल र
तरकारी समावेश गरिएको सन्तुलित भोजन
गर्नुपर्दछ ।
– प्रशस्त पानी पिउनुपर्दछ ।


No comments:
Post a Comment