Sunday, July 13, 2014

बाबुआमा इन्टरनेट अम्मली बन्दा दुइ महिने छोरीले ज्यान गुमाइन


विश्वको सबैभन्दा ठूलो समस्याको रुपमा मानिएको इन्टरनेटको लत
केही दक्षिण कोरियालीहरुको लागि घातक
तथा निकै चिन्ताजनक विषय बनेको छ । सन् १९९०
को सुरुमा कोरिया सरकारले देशमा इन्टरनेटको तिब्र
विस्तारका लागि नीति लागु गर्यो र ब्रोडब्याण्ड पूर्वाधार
निर्माणमा भारी लगानी समेत गर्यो ।

game तर सरकारको यस्तो लगानी अहिले धेरै
कोरियालीको लागि अभिशाप बन्न थालेको छ । टेलिभिजन
च्यानल एच बि ओ बाट प्रशारण हुने लभ चाइल्ड नामक एक
वृत्तचित्रमा कोरियाली दम्पत्तिको इन्टरनेट
कुलतको दर्दनाक परिणामका विषय प्रस्तुत गरिएपछि त्यसले ठूलै
चर्चा पाएको छ । उक्त डकुमेन्ट्रीले दक्षिण
कोरियालीहरुको इन्टरनेटमाथिको निर्भरताका विषयमा चर्चा
गर्दै एक बाउआमा इन्टरनेटमा गेम खेल्नमा व्यस्त
हुँदा उनीहरुको बच्चाको ज्यान
कसरी गयो भन्ने कथा समावेश प्रस्तुत गरेको छ ।

जुलाई २८ मा प्रशारण हुने भनिएको उक्त वृत्तचित्रका विषयवस्तु
बाहिर आएपछि विश्वमा इन्टरनेटको बढ्दो कुलत र त्यसले
बालबालिका तथा अभिभावकमा परेको असरका विषयमा बहस सुरु
भएको छ । वृत्तचित्रको कथा अनुसार सन् २०१० मा एक दक्षिण
कोरियाली दम्पत्ति आफ्नो दुइ महिने
छोरीको मृत्युको विषयमा पक्राउ परे ।

ती बाबुआमाकी छोरी सरांग
कुपोषित भएकी थिइन्
किनकी बुढाबुढी छोरीलाई घरमै
एक्लै छाडेर दिनहुँ ६ घण्टाभन्दा बढि साइबर क्याफेमा गएर
इन्टरनेटमा गेम खेल्थे । स्मरण रहोस् दक्षिण कोरियामा बाह्रमासे
खेल संचालन गर्ने साइबर क्याफेहरु प्रसस्तै छन् । २० लाख
दक्षिण कोरियालीहरु अनलाइन
गेमका अम्मली भएको बताइन्छ, जसमध्ये
ती दम्पति पनि पर्छन् । पिसी बांग
नामको साइबर क्याफेमा उनीहरु पि्रयस भन्ने अनलाइन
गेम खेल्ने गर्थे । डिनरपछि त्यहाँ आएर उनीहरु
प्राय रातभरि नै गेम खेल्थे ।

उनीहरु खेलमा यतिधेरै
मस्त हुन्थे की अरु सबै चिज भुल्थे भन्छन्
क्याफेका एक कर्मचारी । घरमा छोरीलाई
रातभर एक्लै छाडेर उनीहरुले अनलाइन गेमिङ
पि्रयसमा एक भर्चुअल छोरी एनिमा हुर्काइरहेका थिए
। पैसामा अलि छुट हुने भएकाले उनीहरुले दैनिक १०
घण्टाको लागि कम्प्युटर बुक गर्थे र त्यसो गर्दा ७ घण्टाको पैसा तिरे
पुग्थ्यो । अनलाइन गेम नै उनीहरुको कमाइको श्रोत
पनि थियो । त्यहाँ इन्टरनेटमै भर्चुअल
सुनका सिक्का सिक्का सिर्जना गरी गेम आइटम
खरीद गर्न चाहनेहरुलाई बेच्थे ।

छोरीलाई यसरी रातभर वास्तै
नगरी घरमा राख्दा उनलाई कुपोषण भयो र मृत्यु भयो ।
बच्चीको पोष्टमार्टम
गरी अधिकारीहरुले मृत्युको कारण कुपोषण
भएको ठहर गरे । त्यसपछि ती बाबुआमालाई
हत्याको अभियोगमा मुद्दा चलाइयो । उनीहरुले
आफुहरुले हेलचेक्राइ गरेको स्विकार गरेका छन् ।
दम्पतीका वकिलले भने
ती बाउआमामा इन्टरनेटको अम्मल रहेको र जुन एक
प्रकारको मानसिक समस्या भएकाले सफाइ दिन आग्रह गरेका छन् ।

इन्टरनेटको कुलत तथा खासगरी अनलाइन
गेमको अम्मलका कारण यसरी ज्यान गएको दक्षिण
कोरियामा यो पहिलो घटना भएको बताइन्छ । यसैबीच
दक्षिण कोरियाको सोही साइबर क्याफेमा एक इन्टरनेटकै
अम्मली अर्की महिलाले
शौचालयमा बच्चा जन्माएर प्लास्टिकमा राखी मारेर
फ्याँकेको घटना पनि सार्वजनिक भयो । उनलाई प्रहरीले
पक्राउ गरेको छ ।

यस्तै एक २२ वर्षे दक्षिण
कोरियाली युवा निरन्तर ५० घण्टासम्म अनलाइन गेम
खेल्दा ज्यान गएको छ । इन्टरनेटको अम्मल
हटाउनका लागि अधिकारीहरुले रातको १२
बजेदेखि बिहानको ६ बजेसम्मका लागि १६ वर्ष
मुनिका केटाकेटीका लागि कफ्र्यु लगाइदिएको छ ।

जसका कारण गेमिङ कम्पनीहरुले १५ वर्ष
मुनिका केटाकेटीका लागि गेम नै बनाउन छाडे । तथापि गेम
तथा अनलाइनको अम्मल एक सामाजिक समस्या बनिसकेको छ ।

केवल सरकारको हस्तक्षेपले मात्र यो रोकिने देखिँदैन ।

भिडीयो हेर्न यहॉ क्लिक गर्नुहोस्

No comments:

Post a Comment