कञ्चनपुरको कृष्णपुर–१
पहरीयाकी २२
वर्षीया पार्वतीदेवी महराको
घर नजिकैको जयशङ्कर सामुदायिक वनमा आज क्षतविक्षत
अवस्थामा प्रहरीले शव बरामद गरेको छ ।
वनमा च्याउ टिप्न गएका स्थानीय बासिन्दाले
महिलाको क्षतविक्षत अवस्थामा शव
देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक
महिला पन्ध्र दिनअघि मोबाइल चार्ज गर्न जान्छु भन्दै घरबाट
निष्केपछि बेपत्ता भएकी थिइन् ।
उनका परिवारले
पार्वती हराएको इलाका प्रहरी कार्यालय
कृष्णपुरमा खोजतलासका लागि निवेदन दिएका थिए ।
प्रहरीले सम्भावित क्षेत्रमा खोजविन गरेपनि उनलाई
फेला पार्न सकेको थिएन ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायव
निरीक्षक राजेन्द्र नाथले शवको प्रकृति शङ्कास्पद
देखिएको बताउनुभयो ।
मृतक महिलाका देवर वीरबहादुर महरा र
अर्का छिमेकी हर्कबहादुर महरालाई
अनुसन्धानका लागि हिरासतमा राखी सोधपुछको कार्य
भइरहेको प्रहरी निरीक्षक नाथले
बताउनुभयो । देवर वीरबहादुरसँग मृतक
महिलाको सधैं झै झगडा हुने र छिमेकीसँग
मोबाइलको सिम फेला परेकाले
सोधपुछका लागि नियन्त्रणमा लिइएको उहाँले
जानकारी दिनुभयो ।


No comments:
Post a Comment