Monday, July 14, 2014

इजरायलीको आक्रमणमा परि १६६ को मृत्यु,एकै परिवारको १७ जनाको मृत्यु:


इजरायली आक्रमणमा परि १६६ जनाको मृत्यु एकै
परिवारको १७ जनाको मृत्यु:
इजरायली सेनाको आक्रमणमा परी गाजाको उत्तरी क्षेत्रमा ६
दिनयता १ सय ६६ जनाले ज्यान गुमाएका छन् । मृतकमा एकै
परिवारका १७ जना समेत छन्, उनीहरू शनिबार साँझ
भएको क्षेप्यास्त्र प्रहारमा परेका थिए ।

मारिएका ७७ प्रतिशत
व्यक्ति निहत्था सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ
। घाइते हुनेको संख्या एक हजार नाघेको छ ।
कारबाहीमा सबैभन्दा बढी शनिबार ५६
जनाको मृत्यु भएको थियो । थप आक्रमणको चेतावनी दिँदै
इजरायलले उक्त क्षेत्र खाली गर्न
स्थानीय बासिन्दालाई निर्देशन दिएको छ ।

गत जुलाई ८
देखि इजरायलले 'अपरेसन प्रोटेक्टिभ एज' नाम दिएर हमासविरुद्ध
कारबाही थालेको हो । हमासले रकेट र
गोली प्रहार बन्द नगरेसम्म आक्रमण
जारी रहने इजरायलले जनाएको छ । लडाकुहरूले
गरिरहेको अन्तरसीमा रकेट आक्रमण बन्द गराउन
यो कारबाही थालिएको इजरायलको दाबी छ ।

इजरायलले हमास विद्रोहीको पकड क्षेत्रलाई
निसाना बनाएको छ जसमा, हमासका वरिष्ठ
नेताको घरलाई समेत निसाना बनाइएको छ।
राष्ट्रसंघीय
सुरक्षा परिषद्ले
त्यस क्षेत्रमा युद्धविराम र शान्ति वार्ता अघि बढाउन आह्वान
गरेको छ । बेइत लाहिया सहर खाली गर्न आग्रह
गर्दै इजरायली सेनाले आइतबार बिहान पर्चा छरेको छ ।

'हामी सर्वसाधारणलाई हानि पुर्याउन चाहन्नौं,'
पर्चामा उल्लेख छ, 'तर, हमाससँग निकटता राख्ने सर्वसाधारण र
पूर्वाधारहरू सुरक्षित छैनन् ।' ४
हजारभन्दा बढी गाजाबासीलाई आफ्ना ८
वटा आधार शिविरमा आश्रय दिइएको राष्ट्रसंघीय राहत
एजेन्सीका प्रवक्ताले जनाएका छन् । उनका अनुसार
इजरायल र प्यालेस्टाइन दुवैतर्फको नागरिकता भएका करिब ८ हजारले
गाजा क्षेत्र छाड्ने क्रममा छन् ।

बेलायतका लागि प्यालेस्टिनी राजदूत म्यानुएल हस्सासिएनले
आक्रमणबाट बच्न गाजावासीका लागि कुनै सुरक्षित स्थल
नभएको बताएका छन् ।
'गाजा जनसंख्याको एकीकृत क्षेत्र हो,
त्यहाँका बासिन्दा चौतर्फी असुरक्षामा छन्,' उनले भने ।

इजरायलको हवाई आक्रमणमा आइतबार बिहान हमासका अधिकांश
सुरक्षा मुख्यालय र प्रहरी एकाइका भवन ध्वस्त
भएका छन् । संवाददाताहरूका अनुसार त्यस आसपास बस्ने
सर्वसाधारणका धेरै घरमा पनि क्षति पुगेको छ ।

इजरायली भूमिमा निसाना साधिने हमासका अधिकांश केन्द्र
ध्वस्त पारेको दाबी इजरायली सेनाको छ ।
'यो अपरेसन कहिले सकिन्छ भन्ने हामीलाई
थाहा छैन, लामो समय लाग्न सक्छ,'
इजरायली प्रधानमन्त्री बेन्जामिन
नेतन्याहुले आइतबार सम्पन्न मन्त्रिपरिषद् बैठकपछि भने ।
हालसम्म इजरायलतर्फ ६ सय ६० वटा रकेट प्रहार भएको र अन्य
१ सय ७३ रकेटलाई इजरायली आइरन डोम हवाई
प्रतिरक्षा प्रणालीले असफल बनाएको बताइएको छ ।

इजरायली सेनाले शनिबार बिहानसम्म हमासका एक हजार
३ सय २० वटा 'बेस'मा आक्रमण गरेको थियो । त्यस क्रममा ७ सय
३५ वटा रकेट प्रहार भएको तथा लडाकु तालिम केन्द्र र बसोबासस्थल
गरी ६४ वटालाई ध्वस्त
बनाइएको इजरायलले जनाएको छ ।
कारबाहीमा हालसम्म हमासका ३२ नेताको मृत्यु
भएको पनि सेनाले जनाएको छ ।
बीबीसी, एएफपी

No comments:

Post a Comment