Monday, July 14, 2014

जण्डिसबाट यसरी बच्न सकिन्छ ?

खाना तथा पानीको माध्यमबाट झाडापखाला, जण्डिस
आदि रोगहरु फैलिएको वा फैलिन सक्ने
सम्भावना देखिएको हुंदा खाना तथा पानीको प्रयोग
गर्दा निम्न कुराहरुमा ध्यान दिई रोग फैलिनबाट बच्न सकिन्छ ।

- पानीलाई उमालेर
अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर मात्र
पिउने गरौं ।

- फलफूल, सागपात र
तरकारी पखाल्दा सफा पानीको प्रयोग गरौं ।

- बासी, सडेगलेका,
झिंगा भन्किएका तथा खुल्ला राखिएका खानेकुरा उपभोग नगरौं ।

- काँचो र पकाइसकेका खानेकुरा छुट्टाछुट्टै राखौं ।

- खाना बनाउनु अघि, खाना खानु अघि, शौचालय प्रयोग गरिसकेपछि,
केटाकेटीको दिशा धोइसकेपछि तथा गाई बस्तु,
पशुपंक्षीको सम्पर्कमा आए पछि अनिवार्य
रुपपमा साबुन पानीले हात धोऔं ।

- माछामासु काट्ने र तरकारी फलफूल काट्ने चक्कु
भिन्दा–भिन्दै प्रयोग गरौं ।

- होटल, रेष्टुरेण्टमा खाजा तथा खाना खांदा सकेसम्म ताजा तथा तातै
खाने गरौं । कांचै खाइने सलाद जस्ता खानेकुराहरु
उमालेको अथवा निर्मलीकरण
गरिएको पानीमा एकछिन डुबाएर मात्र उपभोग गरौं ।

- पकाइसकेका खाना तथा पानीलाई राम्रोसंग छोपेर राखौं ।

- खाद्य वस्तुको सम्पर्कमा आउने भाँडाकुँडा सुख्खा ओभानो हुनु
पर्छ ।

- अप्रशोधित कच्चा पदार्थ जस्तै माछा, मासु,
तरकारी काट्न प्रयोग गरिने चक्कु वा चपिङ बोर्ड
राम्ररी सफा र सुख्खा नबनाई सलादको रुपमा खाने
तरकारी फलपूmल काट्न प्रयोग गर्नु हुँदैन ।

- घरपालुवा जनावर, चरा, मुसा आदिलाई खाना पकाउने ठाउँमा आउन
नदिन ध्यान पु¥याऔं ।

- उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय पदार्थ उपभोग
नगरौं ।

- बालबालिका, वृद्ध तथा बिरामीहरुको खानपान र
सरसफाइमा थप सावधानी अपनाऔं ।

No comments:

Post a Comment