Sunday, July 13, 2014

डिप्रेसन किन हुन्छ त ?


वर्षीया कमलालाई जहिले पनि दिक्क
लागि रहन्छ । राति निद्रा पर्दैन । काम गर्ने जाँगर छैन ।
पटक–पटक सुस्केरा हाल्दै कोठामा दिन बिताउँछिन । उनलाई
बाँच्ने रहर छैन, तर आफ्ना तीन
सन्तानको माया चाहिँ छ । २
वर्षअघि श्रीमानको निधनपछि उनका आशा निराशामा परिणत
भएका थिए । आजकल उनलाई कसैसँग बोल्ने मन छैन ।
कहिलेकाहीँ उनी आफ्ना छोराछोरीसँग
पनि रिसाउँछिन् । उनलाई रेडियो, टिभी सुन्ने र
हेर्ने पनि पटक्कै जाँगर छैन । एक
महिना अघि छाति दुखेपछि उनी अस्पताल
भर्ना भइन् तर कुनै खराबी देखिएन ।
उनका हातखुट्टा झम्झम् गर्छन्,
टाउको भारी हुन्छ, ढाड दुख्छ । आजकल
सानातिना कुरा पनि बिर्सन थालेकी छन् ।
खुसी हुन पटक्कै सक्दिनन् ।
शरीरमा फूर्ति पटक्कै छैन ।

२० वर्षीया लक्ष्मी प्लस टु
पढ्दैछिन् । तर, परीक्षामा दुईपटकसम्म फेल
भएपछि उनलाई सबैले गाली गरे ।
साथीहरु उनीभन्दा निकै
माथि पुगिसकें । आजकल लक्ष्मी कम बोल्छिन्
। धेरैजसो एक्लै बस्न रुचाउँछिन् । उनलाई रेडियो, टिभितिर
पनि रूची छैन । सानो कुरामा पनि रिसाउछिन् र
गहभरी आँसु पार्छिन् । उनमा जोस जाँगर
पटक्कै छैन । मनमा आँट पनि छैन ।
सम्झना शक्ति घटेको महसुस गर्छिन् । राति निन्द्रा नलाग्ने
समस्या छ । उनी टाउको दुखेको, मुटु ढुकढुक
गरेको, हातखुट्टा झमझम गरेको र आफू कहिल्यै फ्रेस
नभएको महसुस गर्छिन् । उनको यो समस्याले
गर्दा उनका बाबुआमालाई समेत चिन्तित तुल्याएको छ ।
बाँच्नुभन्दा मर्न पाए राम्रो हुन्थ्यो भन्ने सोचाई
मनमा आउछ । उनलाई आफ्नो रोगबारे
केही थाहा छैन तर उनलाई अब बाँचिदैन
जस्तो लाग्छ । छानोबाट हामफालेर आत्महत्या गर्ने
कोशिश पनि गरिसकिन् उनले । तर, परिवारले रोके ।
त्यसपछि अस्पताल भर्ना गरिएकी उनलाई
औषधि, इसिटि तथा साइकोथेरापी गराइएको छ ।
अब उनको मन पहिले जस्तै खुशी भएको छ
। काम गर्ने जाँगर बढेको छ । यस्ता समस्यलाई डिप्रेसन
भनिन्छ । जुन निकै मान्छेमा पाइन्छ ।
आजकाल धेरै मानिस डिप्रेसनको समस्या लिई आउने
गरेका छन् । नेपालको राजनैतिक अवस्था र आर्थिक संकटले
पनि मानिसका यस्ता समस्या बढाएका छन् । डिप्रेसन बढ्दै
जाँदा मानिस आत्महत्या गर्ने अवस्थासम्म पुग्छ । ७०
प्रतिशत आत्महत्या डिप्रेसनकै कारण
भएको पाइएको छ ।
पीडादायी घटनाबाहेक डिप्रेसन
हुनुमा बंशानुगत कारणले पनि भूमिका निर्वाह
गरेको पाइन्छ । यहाँ स्मरणीय कुरा के छ
भने डिप्रेसनले ग्रस्त भएर पनि मानिसलाई रोग
लागेको थाहा हुँदैंन । सोहीकारण
अर्को रोगको आशंका गर्दै पटक–पटक डाक्टरकहाँ पुग्ने
गरेका र रोग पत्ता नलागेका उदाहरण प्रशस्त पाइन्छन् ।
छाति तथा पेटको रोग तथा हातखुट्टा झमझम गर्ने
समस्या भएको भन्दै बिरामी धेरै
डाक्टरकहाँ पुग्छन् ।
कोहीचाहिँ धामीझाक्रीकहाँ पुग्छन्
। यो रोग २०(२५ प्रतिशत मानिसमा देखा पर्छ ।

लक्षण

- २ हप्ताभन्दा बढी समयसम्म दिक्क
लागिरहने ।
- रून मन लाग्ने, निराश हुने ।
- एक्लै बस्न रूचाउने ।
- झर्को लाग्ने, दिक्क मान्ने ।
- बोल्न मन नलाग्ने ।
- छटपटी हने, छाति तगा पेट दुख्ने,
हातखुट्टा झमझम गर्ने, पैताला तथा तालु पोल्ने, मुख
सुक्ने
- आत्मग्लानी हुने ।
- भूत, वर्तमान र भविष्यबारे नकारात्मक सोचाई रहने ।
- निदाउन गाह्रो हुने, निद्रा कम पर्ने, बिहान चाँडै
ब्युँझने ।
- खानामा रूचि नहुने ।
- शारीरिक सम्पर्क गर्न रूचि नहुने ।
- आफúलाई बेकामको सम्झने, टाउको दुख्ने,
स्फूर्ति नआउने ।
- मर्न पाए हुन्थ्यो भन्ने सोचाई आउने, कसै–कसैले
आत्महत्यासमेत गर्छन् ।
- अनावश्यक कुरामा धेरै शंका मान्ने र कानमा आवाज आउने
। डिप्रेसन यो रोग महिलामा बढी हुन्छ ।

डिप्रेशन कति प्रकारका हुन्छन् ?

- न्यूरोटिक डिप्रेसन
- साइकोटिक डिप्रेसन
- छटपटि गर्ने डिप्रेसन
- नबोली, नचली बस्ने डिप्रेसन
- बच्चामा पाईने डिप्रेसन
- वयस्कमा पाईने डिप्रेसन
- बुढेसकालमा पाईने डिप्रेसन
- जाडो महिनामा मात्र हुने डिप्रेसन
- छोपिएको डिप्रेसन
- डिस्थाइमिया डिप्रेसन
- दोहोरिएको डिप्रेसन आदि

डिप्रेसनका बिरामी कस्ता समस्या लिएर आउछन् ?

- बिरामीहरु आफुलाई टाउको दुख्ने
रोगको लक्षण बताउछन् ।
- कतिपय बिरामी आफूलाई क्यान्सर
लागेको शंका गर्छन् ।
-
कोही घाँटीमा केही अड्कियो भनी आत्तिन्छन्

- कोही यौन
अंगको समस्या तथा यौनेच्छामा कमी भएको बताउछन्

- कोही बिरामी वारम्बार पेट
पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउंछन् ।
- कोहीचाहिँ मुटुको रोग लाग्यो भन्दै मुटु
रोग विशेषज्ञकहाँ पुग्छन् ।
- कोही ढाड दुख्ने,
जोर्नीमा दुख्ने समस्याको सिकायत गर्छन् ।
- कोही खाना अपच, पाचन शक्ति कम
भएको शिकायत गर्छन ।
- कोही काम्ने र बक्ने गर्छन् र
बोक्सी लागेको विस्वास गर्छन् ।
- कोही अचानक बेहोस भएको बताउछन्

- डिप्रेसनका विरामी एक्लै शान्त ठाउँमा बस्न
रूचाउछन् ।
- बढी चिन्ता गरिरहने र
आप्mनो जीवनदेखि नै हरेस
खाएका हुन्छन् ।

कसरी मानसिक रुपमा स्वस्थ्य बन्ने ?

१. कहिलेकाँही कुनै
घटना परिस्थिति तथा वाध्यता पछि मानिसको मन भौतारिन सक्छ
। यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहनुहुँदैन ।
बरु मन परिवर्तन गर्नुपर्छ, कुनै नराम्रो अनुभव
मनमा लिईरहँदा हाम्रो मष्तिष्कमा समेत असर पु¥याउँछ
। शरीर तात्छ, मुटुको धडकन बढ्छ र
छटपटि हुन्छ । त्यसैले अनावश्यक
कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने ।

२. अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र
खुसी हुने ।
हामी हाम्रो प्रगति चाहन्छौं,
यो राम्रो पक्ष हो । तर
हामीमा केही गलत
धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई
नकारात्मक मुल्यांकन गर्ने बानी असाध्यै
नराम्रो हो । त्यसैले मनलाई ठुलो पार्नुपर्छ, संकिर्ण पार्नु
हँुदैन । धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हुन
सक्छन् । जसले गर्दा मनमा अशान्ति फैलन्छ,
हामीलाई मनोरोग लाग्न सक्छ ।
हामी आफूभन्दा सानालाई
कसरी सहयोग गर्ने र
आफूसरहको प्रगतिमा साथ दिनुपर्छ, नकि आफूलाई
अबमूल्यन गर्ने होईन ।

३. पूराना रुढिवादी कुरामा विस्वास गर्नु हुदैन
। बाटो हिड्दा बिरालोले
बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ
हुन्छ भन्ने गलत विश्वास छ । त्यसैले यस्ता वस्तु
देख्दा मन बेचैन बनाउन हुँदैन, मन ढुक्क पार्नुपर्छ ।
किनभने यस्ता कुरामा कुनै सत्यता हुँदैंन । राशिफल
हेराउने, भूतप्रेत बोक्सी युगको अन्त्य
भइसक्यो । त्यस्तै यस्ता कुरामा चिन्ता लिई समय बरबाद
गर्नुहुँदैंन । बरु सफा पानी,
ताजा खानेकुरा खाने, राती बाटोमा हिड्दा भूत
लाग्छ भन्दै मन डराएर ढुङ्गोदेखि तर्सेर पनि मानिस
बिरामी हुन्छन् । त्यसैले पूराना गलत चलन
पनि हटाउनुपर्छ ।

४. हरेक काममा खुसी, सुखि तथा सन्तुष्ट
बन्ने । दैनिक जीवनमा काम गर्दै जाँदा कहिले
सफल भइन्छ, कहिले असफल । असफल
हुँदैंमा हतास हुनुहुँदैन, बरु असफलताको कारण
पत्ता लगाई सफलताको बाटोमा फेरि अगाडि बढ्नुपर्छ । निराश
हुनुहुँदैन । अरुसंग पनि सरसल्लाह लिनुपर्छ ।
कहिलेकाँही हाम्रा अगाडि समस्या नै
समस्या तेर्सिएर बसेका हुन्छन् ।
यस्तो अवस्थामा आत्तिनु हुँदैंन । कतिपय समस्या आफँै
पनि समाधान भएर जान्छन् । ३, ४ महिनापछि आउने
समस्यालाई लिएर पहिल्यै चिन्तित हुनुहुँदैन । बरू
देखिएका समस्यालाई एउटा योजना बनाई यो पछि यो गर्छु
भनी योजना बनाई अघि बढ्नुपर्छ । कतिपय
मिडियाले राम्रो कुरालाई
पर्दा पछाडि राखी नराम्रो कुरालाई प्रचार गर्छन्
जसले गर्दा सर्वसाधारणमा बिग्रियो, भत्कियो, बेकार छ
जस्ता भावना आउन सक्छ । तर
वास्तविकता त्यस्तो हुँदैन । त्यसैले धेरै
टीभी, रेडियो हेर्न सुन्न
हुँदैन ।

५. जे छ त्यसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न
नछाड्ने । धेरै मानिस आफू कहाँबाट आएको भन्ने
कुरा पनि बिर्सन्छन्, विगतलाई बिर्सन्छन्, वर्तमानमा सन्तोष
लिन चाहँदैनन्, किनभने समय पार गदै
जाँदा ठुलो उन्नति भएको पनि बिर्सन्छन् र सधै असन्तोष
भईरहन्छन् । विगतमा आफू कुन अवस्थामा थिएँ,
अहिले कुन अवस्थामा आइपुगे  भनेर मूल्यांकन गर्नुपर्ने
हुन्छ । धेरैजसो मानिस ठूलो प्रगति गर्दा पनि क्षणिक
आनन्द लिन्छन्, त्यसले मनमा सन्तोष दिएको हुँदैन
त्यसैले हामीले सन्तोष लिन सिक्नुपर्छ ।
तर मिहिनेत गर्न छाड्नु हँुदैन ।
पूराना असफलता केलाउँदै लक्ष्यमा पुग्नुपर्छ ।

६. लागुपदार्थ तथा दुव्र्यसनबाट अन्य मानसिक रोग लाग्ने
सम्भावना भएकाले यस्ता वस्तुबाट टाढा रहने ।

७. दैनिक जीवनमा स्वस्थ्य
प्रतिस्पर्धा गर्नुपर्छ । समाजमा ठूलाले सानालाई हेप्ने,
आफूमात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने, अर्कालाई
उचित ब्यवस्था मिल्नबाट अवरोध गर्ने प्रवृत्ति पनि पाइन्छ
। यस्तो प्रवृत्ति आपराधिक मानिन्छ र यसलाई अन्त्य
गर्नुपर्छ । समाजमा स्वस्थ प्रतिस्पर्धा भएमा सबै
मानिसले उत्तिकै क्षमता विकास गर्न सहयोग मिल्छ ।
कसैलाई डर हँुदैन, सबैको कल्याण हुन्छ ।

८. अति नैतिकवान नबन्ने तथा अरूबाट
पनि त्यस्तो आशा नगर्ने ।
समाजमा कोही मानिस अति नै नैतिक
हुन्छन् । यस्ता मानिस हरेक काममा अति नै सचेत
हुन्छन् । अरुलाई कुनै प्रकारको मर्का नपरोस्
भनी हरेक क्षणमा ध्यान पु¥याउछन् । तर
समाज त्यस्तो छैन । समाजबाट यस्ता मानिसले धोका पाउँछन्
र मन दुखाउन पुग्छन । सोहीकारण मनोरोग
लाग्न पुग्छ । त्यसैले
हामी केही हदसम्म
तलमाथि हुनैपर्छ । केही मानिसलाई
आफूले गरेको बाहेक अरूले गरेको काममा चित्त बुझ्दैन ।
त्यसैले यस्ता मानिस अरूले गरेको काम सच्याउने गर्छन् ।
यस्तो हुँदा दैनिक जविनमा अप्ठेरो महसुस हुन्छ ।
त्यसैले केही हदसम्म अर्काले
गरेको कामलाई पनि उचित स्थान दिनुपर्ने हुन्छ ।
समाजमा अति नैतिक भई बाँच्न गाह्रो हुन्छ, त्यसैले
आफू पनि परिवर्तन हुनुपर्छ र समाजअनुसार चल्नुपर्छ

९. मनका कुरा अरूलाई भन्ने बानी गर्ने ।
हामीमा ठुलो समस्या आउँदा पपनि अरूलाई
नभन्ने बानी हुन्छ जसले
गर्दा मनमा अशान्ति फैलन्छ । हावा भरिएको प्रेसर कुकर
झैँ बिस्फोट हुने वा अचानक सिठ्ठी लागेर
ठूलो हलचल हुनेजस्तो हामीभित्र
पनि हलचल हुन सक्छ । काम नबने
हातखुट्टा नचल्ने भइ
हामी बिरामी पर्छौ ।
आफ्नो मनको वेदना अरूका सामु व्यक्त गर्दा मन शान्त
हुन जान्छ ।

१०. पहिले–पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले
मनोरोग भनिने गरिन्छ । मनोरोग भनेको टेन्सन
हुनेदेखि कडा रोग सिर्जोफोनियासम्म पर्छ । अति सामान्य
रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन् ।
डिप्रेसन रोग लागेका बिरामीमा यस्तै
चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर
त्यस्तो हुदैन । त्यसैले आत्तिन हुँदैन । सामान्य
मनोरोग लागेका बिरामीले अनावश्यक चिन्ता लिनु
हुँदैन ।

डा सि पी सेडाइ, नशा तथा मानसिक रोग बिशेषज्ञ,
चितवन मेडिकल कलेज

No comments:

Post a Comment