आँपलाई फलहरुको राजा पनि भनिन्छ । यति बेला सबैको प्रिय फल
आँप
बनेको छ होला । किनभने
यो मौसममा सबैभन्दा बढी पाइने
फल भनेकै आँप हो । तर त्यतिकै यसलाई फलको राजा भने
भनिएको होइन । स्वादमा मिठो हुनुको साथै यसका धेरै फाइदाहरु
पनि छन् ।
१) क्यान्सर रोक्छः विभिन्न अध्ययनहरुले आँपमा पाइने
एन्टी अक्सिडेन्ट कम्पाउण्डहरुले हाम्रो आन्द्रा,
स्तन, रगत र प्रोस्टेट क्यान्सरबाट बचाउने देखाएको छ ।
यस्ता कम्पाउण्डमा क्युरसेटिन, आइसोक्युरसेटिन,
एस्ट्राग्लीन, फिसेटिन, ग्यालिक एसिट र मिथाइग्यालट
रहेका छन् । यसको साथै यसमा इन्जाइम पनि प्रशस्त
मात्रामा पाइन्छ
।
२) कोलेस्ट्रोल नियन्त्रणः आँपमा पाइने उच्च मात्राको फाइबर,
पेक्टिन
र भिटामिन सीले शरीरमा कोलेस्ट्रोल
लेभल र
लिपोप्रोटिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ ।
३) छाला सफा बनाउँछ: आँपले हाम्रो छालामा भएको फोहोरलाई
हटाएर
पिम्पल कम गर्न मद्दत गर्छ ।
४) आँखालाई स्वस्थ राख्छः एक कप काटेको आँपले
हाम्रो शरीरलाई चाहिने २५ प्रतिशत भिटामिन ए
उपलब्ध
गराउँछ । यसले मानिसको आँखा तेजिलो र रतअन्धो र
सुख्खा आँखाबाट
बचाउँछ ।
५) डाइबीटीज नियन्त्रणः आँपले
हाम्रो शरीरमा इन्सुलिनको मात्रा सन्तुलित राख्न
मद्दत
गर्छ । यसका लागि आँपलाई पानीमा उमालेर
भोली बिहान खाने गरिन्छ ।
६) सेक्स लाइफमा सुधारः आँप भिटामिन ई को राम्रो स्रोत हो ।
यसले
मानिसमा सेक्सको इच्छालाई बढाउने मद्दत गर्ने राम्रो हुन्छ ।
७) पाचनप्रक्रिया राम्रो बनाउँछ : आँपमा भएको फाइबरले खानलाई
पचाउन मद्दत गर्छ ।
८) प्रतिरोधात्मक शक्ति बढाउँछः आँपमा पाइने भिटामिन सि र ए
तथा २५
प्रकार क्यारोटिनोइडले हाम्रो शरीरको प्रतिरोधात्मक
शक्तिलाई बढाउन मद्दत गर्छ ।


No comments:
Post a Comment