काटिएको कान हातमा लिएर पुगे
अस्पताल
तमिलनाडुको रामनाथपुरमा दुई छिमेकीबिच सोमबार
सामान्य कुरामा झगडा हुँदा २१ वर्षका एक व्यक्तिको कान
काटिएको छ ।
मोहम्मद
इकबालको आफ्ना छिमेकी रघुमतरामसँग निकै सामान्य
कुरामा सुरु भएको झगडाले उग्र रुप लिँदा रघुमतरामले
इकबालको कान काटेका हुन् ।
कान काटिएपछि पनि निकै हिम्मत जुटाएर इकबालले आफ्नो कान
खोजे र त्यसलाई लिएर तुरुन्त जिल्ला मुख्यालय
सरकारी अस्पताल पुगे जहाँ डाक्टरहरुले
उनको कानलाई सफलतासँग टाँका लगाएर जाडेका छन् ।
डाक्टरहरुका अनुसार इकबालको सानो शल्यक्रियाले नै उनको कान
जोडिएको र उनलाई केहि घण्टापछि नै अस्पतालबाट डिस्चार्ज
गरिएको छ । उता रघुमतरामलाई १५ दिनको न्यायिक
हिरासतमा पठाइएको पुलिसले जानकारी दिएको छ ।
(एजेन्सी)


No comments:
Post a Comment