Tuesday, June 24, 2014

तिमीलाई मेरो प्रेमपत्र:-

तिमीलाई मेरो पत्र

तिमीलाई फेरी एउटा चिट्ठी लेखें,
आज
सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम
घिसारें ।
खाली कापिका पाना पल्टाएं । एकबिहानै के
भयो के ?
मनमा अनेक तर्कनाहरु सलबलाए । शायद,
सपनिमा देखिएको तिम्रो झझल्कोले होला ।
ती पुराना यादहरुले होला|अनी शुरुवात गरें,
लेख्न ::
सात समुन्द्रपारिको यो परदेशबाट धेरै धेरै
सम्झना तिमीलाई|आरामै त
होला भनी आशा मात्र
गरेको छु । भरोशा र विश्वाशका खातिर तिमीले
अरुकसैको काखी च्यापेपछी मलाई
सम्झना भन्दा फगत
केही नमिल्नेरहेछ |
म यो चिट्ठी किन लेखिरहेछु ? कसलाई
लेखिरहेको छु
भन्नेसम्म त याद छ । तर निर्जिब
कलमको घांटी थिचि-
थिची अर्थ लाग्ने 'अर्थहिन' वाक्यहरु किन
ओकाल्न
बिबश बनाउदैछु भन्ने बिषय कि त तिमीले
भाकेको भगवानलाई थाहा होला, कि तिमीलाई |
तिमीले
भाकेका भगवान त साह्रै पापी रहेछन । तिनले
फोकटमा तिम्रो भेटी खाए । उनको नाममा मलाई
पुकार्दै कुनैदिन तिमीले
खुल्ला आकाशमा उडाएका परेवाका बचेँरा ती युग
ल जोडी,
हुर्केर, प्रेममा मस्तले जिएका छन रे भन्ने
खबर सुनें, मैले ।
तर जुन बस्तु प्राप्तिको लागि तिमीले धूप
सल्कायौ,
नैबेद्ध चढायौ ।
सल्केको त्यही धुपौरोमा तेलको सट्टा पानी हा
लेर
निभायौ । अनी त तिम्रो पुकाराको के अर्थ
लाग्यो ?जे
कुरो संसारमा असम्भब छ भन्छन,
त्यो प्रेममा सम्भब हुन्छ
रे, भन्थ्यौ । रे आखिर रे मै रह्यो |
कलममा मसी सकिएला र लेखिएका हरफहरु धर्-यात
धुरुत
बनाइ टुक्रा-टुक्रा पारी कापिका पानाहरु
फ्याक्छु
भन्छु, बेदनामा मेरो सट्टा कलम रुदो रहेछ ।
मधुर
आँखाबाट बलिन्द्राधारा आंशु चुहाए जसरी मरे
नसिद्दिने
रहेछ, कलमको मसिरुपी आंशु । म सम्झाउछु,
कलमलाई । "तं जे
मन लाग्यो तेही नलेख्,
त्यो खाली कापीमाथि ।'
ऊ त
उल्टै मपट्टी निपरुपी मुन्टो बटार्दै
मसीरुपी आशु
चुहाउदो रहेछ र भन्छ, 'मलाई पनि तपाईंसँग रुन
मन
लाग्यो |
तिम्रा नाममा लेखिएका मेरा हरेक चिट्ठीहरु
सदैब
अपुरा हुने गर्दछन । खै कुन्नी किन हो ? तिनले
बिषय
पाएनन भनुम् भने, संसारमा अरुले जस्तै बिषय
(प्रेम)
गरेको हुँ मैले । रोमियो र जुलियट हुन नसके
पनि मुनामदनको पाठकजस्तै बनुम् भन्ने
अभिलाषाले
पनि मेरा प्रयासहरु सधैं अपुरा रहे । म
मात्रै
पछी लागेको थिएं भने मेरो कलमले एउटा वाक्य
राख्न
अनुमती माग्यो ;अर्धलिखित यो गन्तब्यहिन
चिट्ठी म
फेरी तिमीलाई पठाउं कि नपठाउं ?
दोधारमा थिएं ।
सडकमा बसेर चिच्याइ सुनाइदिउंकी झैं
पनि नलागेको होइन ।
यही भित्तामा टांसिदिएको छु ।
मन लागे पढ । नलागे थुक, आफ्नो बाटो लाग ।
तिमी बाटो लागे पनि यो मनबाट सम्झना कहिल्यै
बाटो लाग्दोरहेनछ । ठिकै छ । तिमीलाई यो हरफ
उपहारस्वरुप, कलम बन्द गर्छु |||
मै मरे भने फेरी मेरो, त्यो प्याला कसले भर्छ
नि,
नसक्ने रैछु केही गर्न आँफै, जे लेख्छ
भावी उहि गर्छ नि,..
दियु पौडेल (Diyu)

No comments:

Post a Comment