काठमाडौं, असार १० - नेपाल प्रहरी
क्लबले राष्ट्रिय
खुला सुटिङ प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन
प्रहरीले ३ स्वर्ण र २ रजत जित्यो ।
नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण र ४ रजत
जितेको नेपाल आर्मी क्लब दोश्रो भयो ।
तेश्रो स्थानमा रहेको पूर्वाञ्चलले २ स्वर्ण हात पार्यो ।
प्रतियोगिताको अन्तिम दिन भएको महिलाको १० मिटर एयर
राइफलमा दुर्गा सिन्जाली पहिलो र ओलम्पियन
फूलमाया क्याप्छाकी दोश्रो भए ।
फाइनल चरणमा दुवैले २ सय पूर्णाङ्मा समान १ सय ८६ अंक
जोडेपछि खेल टाइ भएको थियो ।
टाइपछिको खेलमा दुर्गाले १० र
फूलमायाले ८ अंक जोडेका थिए । १ सय ६८ अंक
जोडेकी अस्मिता राई तेश्रो स्थानमा रहिन् ।
तीनै खेलाडी प्रहरीका हुन् ।
विजेतालाई कुवेतका लागि नेपालका पूर्व राजदूत मधुसुदन पौडेल,
नेपाल–कुवेत उद्योग वाणिज्य संघका अध्यक्ष
सुरेन्द्रवीर सिंह मालाकार, सुटिङ संघका अध्यक्ष
पुष्पदास श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । जेठ ५ गतेदेखि सुरु
प्रतियोगितामा पाँच विकास क्षेत्र, प्रहरी र
आर्मीका ८१ खेलाडीले टिम र व्यक्तिगत
गरी ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


No comments:
Post a Comment