Monday, June 9, 2014
अरुलाई सत्कार गर्दा तिमी कहिल्यै सानो हुदैनौ...
अरूलाई आदर गरेर बोल्दा तिमी कहिल्यै सानो हुदैनौ,
यदि सानो हुन्छौ भने सम्झ कि तिमी कहिल्यै
ठूलो थिएनौ । अरूलाई आदर गर्नु भनेको आफ्नै बैङ्क
खातामा नगद जम्मा गर्नु जस्तै हो,जुन बदलामा आफैलाई
ब्याजसित प्राप्त हुन्छ । जोसँग छ उसले मात्र अरूलाई दिन
सक्छ- मान-सम्मान र मोटिभेसन । जबसम्म झुकिदैन तबसम्म
टिपिदैन,टिप्नु छ भने निहुरिन जान्नुपर्छ ।
तिमी अरूलाई कुन
स्थानमा राख्छौ,त्यसैको आधारमा तिम्रो स्थान तय हुन्छ ।
अरूको काँधमाथि टेकेर
सधैभरि अग्लो भइदैन,स्थायी उचाइ मात्र
आफ्ना खुट्टाले दिन्छन । सबसे दरिद्र मान्छे त्यो हो जसले कतै
पनि प्रसंशा योग्य चिज भेट्टाउदैन ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment