Wednesday, July 30, 2014

कुवेतमा सडक दुर्घटनामा २ नेपालीको मृत्यु,२ जना गम्भीर घाइते

नबराज पन्थी कुवेत । कुबेतमा भएको सडक
दुर्घटनामा परी २ नेपालीको मृत्यु भएको छ ।
२ जना गम्भीर घाइते भएका छन् । अब्दुल अल रसिद
कम्पनीमा कार्यरत
कामदारहरुको गाडी डिउटी जाने
क्रममा अब्दुला सालिम भन्ने ठाउँ नजिकै दुर्घटना भएको हो ।

मंगलबार बिहान कम्पनीका कामदारहरु सवार उक्त
गाडीलाई अर्को गाडीले ठक्कर
दिएपछि ठुलो दुर्घटना हुन पुगेको थियो।

ज्यान गुमाउनेहरुमा पाल्पा घर
भएका गाडी चालक विजय बहादुर बिश्वकर्मा र उक्त
गाडीमा रहेका पाल्पा कै लेख बहादुर ठाडाको घटनास्थल
मै ज्यान गएको छ।

सक्त घाइते भएका स्याङ्जाका नगेन्द्र मानन्धर मुबारक
हस्पिटलमा र अर्का घाइते पाल्पा घर भएका केसरसिंह
रानाको अमेरी हस्पिटलमा आईसियुमा राखी उपचार
गराउदै गरेको कुरा घाइते नगेन्द्रका मामा केशर श्रेष्ठले
जानकारी दिए । ५ जना सवार रहेको उक्त
गाडीमा ४ जना नेपाली र एक
जना बंगाली नागरिक रहेको बुझिएको छ ।

जसमा बंगाली नागरिकको समेत घटना स्थल मै मृत्यु
भएको थाहा भएको छ। मृतक र घाईतेहरुलाई गाडी नै
काटेर कस्टपुर्वक तरिकाले
निकाल्नुपरेको प्रत्यक्षदर्शीले बताएका छन ।

यद्यपी इदको सार्वजनिक बिदा भएको कारण
नेपाली दुताबास कुबेतले
दुर्घटनाको आधिकारीक प्रमाणित गर्न बाकिँ छ।

No comments:

Post a Comment