Wednesday, July 30, 2014

इजरायल विरुद्दको संघर्षमा सहभागी हुन हिज्वुल्लालाई हमासको निम्तो:

एन आइ न्यूज इजरायल (अऩ्तराष्ट्रिय संचार माध्यमको सहयोगमा)

इजरायल र हमासविच ३ सातादेखि जारी युद्दमा हमासले
लेवनानको इस्लामिक अतिवादी समुह
हिज्वुल्लाको सहभागी चाहेको प्यालेस्टेनी इस्लामिक
संगठनका राजनीतिक ब्युरो उपप्रमुखले बताएका छन् ।
हमास नेता खालिफ मशालको सहयोगी मौस्सा अवु
मौज्रुक जुन हाल इजिप्टको कायरोमा छन् उनले वुधवार रसियन न्यूज
एजेन्सी रिया नोवोस्तीसँग कुरा गर्दै उक्त
संगठनले लेवनानी अतिवादी समुहले
इजरायलको उत्तरीतर्फबाट युद्दमा संलग्नता जनाउने
आशा गरेको बताए ।
अवु मुज्रुकले रिया नोवोस्तीसँग भने -
“लेवनानी समुह पनि खुल्ला र सांघातिक
रुपमा हामीसँगै आउनेछ इजरायल विरुद्द संयुक्त
रुपमा लड्नेछन् ।” भन्दै अगाडि भने – “लेवनानीहरु
शसक्त छन् भन्ने कुरामा कुनै दुईमत छैन्” गत
हप्ता हिज्वुल्ला नेता असन नसरल्लाहले
गाजापट्टीको समर्थन गर्दै त्यहाँ कुनै
पनि हालतमा प्रतिवाद गर्न खाँचो रहेको बताएका थिए । उनले
शो कुरा मशाल र इस्लामिक नेता रमादान
सालाहसँगको फोनमा भएको कुराकानीमा बताएको संचार
स्रोतहरुले बताएका छन् ।

स्रोतले वताए अऩुसार हिज्वुल्ला नेता इजरायल
विरुद्दको युद्दमा सेना भित्र र युद्द
मैदानको व्यवहारमाथि टिप्पणी गर्दै
आतंकवादी संगठनहरुको प्रतिवाद गर्न सक्ने
क्षमता रहेकोमा विश्वस्त रहेको बताइएको छ । नसरल्लाह र
सलाहले कुटनितिक रुपमा सम्वन्धको गाँठो वलियो वनाउदै
प्यालेस्टाइनले भोगिरहेको युद्दको सम्मान गर्नुपर्ने
विषयमा टेलिफोनमा कुरा गरेका हुन् ।

गत ८ जुलाई
मंगलवारदेखि इजरायलद्वारा गाजापट्टीमा संचालन गरिएको
अप्रेसन प्रटोक्टिभ एजबाट पुरै प्यालेस्टाइन नै तहस नहस
भइसक्दा हमासको कमाण्डरले आफूहरले युद्ध नरोक्ने बरु मरेरै
सकिने प्रतिक्रिया दिएका छन् । आफूहरुलाई कुनै शर्त मान्य
नरहेको भन्दै हमासका कमाण्डरले भनेका छन्, पहिले
गाजामाथिको इजरायली हस्तक्षेप रोकिनु पर्दछ ।

अप्रेसन प्रटोक्टिभ एज शुरु भए
यता गाजापट्टीमा अहिलेसम्म अधिकांश सर्वसाधारण
सहित १२ सय भन्दा वढि  प्यालेष्टायनीको ज्यान
गइसकेको छ भने इजरायलतर्फ ५३ जना सैनिक
मारिएको बताइएको छ । भने हजारौं घाइते भएका छन् भने
लाखौं प्यालेष्टायनी सर्वसाधारण विस्थापित
भई शरणका लागि भागेका छन् ।

राष्ट्रसंघका महासचिव बान कि मून, राष्ट्रसंघीय
सुरक्षा परिषदलगायत अन्तर्राष्ट्रिय संघसंस्थाले युद्ध रोकेर
वार्तामा बस्न ल

No comments:

Post a Comment