Monday, July 7, 2014

मोवाइल वोक्नुहुन्छ गोजिमा? सावधान नपुंसक हुनुहोला

मोबाइल फोनको विकिरण पुरुषको प्रजनन स्वास्थ्यका लागि निकै
हानिकारक हुने पछिल्लो अनुसन्धानले देखाएको छ । अझ
पाइन्टको गोजीमा मोबाइल फोन राख्नु झनै हानिकारक हुने
र त्यसले
पुरुषलाई नपुंशक बनाउने खतरा रहने वैज्ञानिकहरुले
चेतावनी दिएका छन् ।

बेलायतको एक्सेटर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मोबाइल
फोनबाट उत्पन्न हुने विद्युत चुम्बकीय तरंगले
शुक्रकिटको बाँच्ने दरका साथै चलायमान हुने क्षमतामा ८ प्रतिशतले
गिरावट आउँछ ।
विश्वमा अधिकांस प्रौढ मानिसले मोबाइल फोन बोक्ने गरेका छन् ।

तथ्यांक अनुसार विश्वका १४ प्रतिशत धनाढ्य दम्पतिहरुमा सम्भोग
सम्बन्धि समस्या छ ।
१४ सय ९२ जना पुरुषमा गरिएका विभिन्न १० वटा अनुसन्धानलाई
एकत्रित गरी एक्सेटर विश्वविद्यालयको अनुसन्धान
टोलीले पछिल्लो निष्कर्ष निकालेको हो ।

अनुसन्धान
टोली प्रमुख डाक्टर फिओला म्याथ्यूजका अनुसार मोबाइल
फोनको रेडियसनले प्रजनन क्षमतामा असर पूराउने
पक्का भएपनि यसमा थप अनुसन्धान भने आवश्यक छ ।

उनका अनुसार यो अध्ययनबाट पाइन्टको गोजीमा मोबाइल
फोन बोक्दा त्यसले पुरुषको शुक्रकिटको गुणमा अझै बढि नकारात्मक
असर पूराउँछ ।
शोधकर्ताहरुका अनुसार मोबाइल फोनको विकिरणले ३ तरिकाबाट
शुक्रकिटको गुणास्तरमा असर पूराउँछ ।

पहलिो भाएबिलिटी अर्थात् शुक्रकिटको स्वास्थ्य,
दोश्रो मोबिलिटी अर्थात् शुक्रकिट अण्डातर्फ प्रवाहित
हुने प्रक्रिया तथा तेश्रो विर्यमा शुक्रकिटको संख्या ।

मानिसको विर्यमा सामान्य प्रवाह भएका ५० देखि ८५ प्रतिशत सम्म
शुक्रकिट हुन्छन् तर मोबाइल विकिरणको असर पर्यो भने
त्यस्ता सामान्य शुक्रकिटको संख्या ८ प्रतिशतले घट्छ ।

No comments:

Post a Comment