कुलेखानीमा जीप दुर्घटना हुँदा ३
को मृत्यु
मकवानपुरको कुलेखानीमा जीप
दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ । ८
जना घाइते छन् ।
मकवानपुरको कुलेखानी गाविस–६
कुलेखानी ड्याम नजिकै २२
असारमा भएको टाटासुमो दुर्घटनामा मृत्यु
हुनेको संख्या तीन पुगेको छ । आठ
जना गम्भीर घाइते छन् ।
सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४२५५
नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र दुई
जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले
जनाएको छ ।
मृत्यु हुनेमा सर्लाही शंकरपुरका ५०
वर्षीय घनश्याम बिष्ट, काठमाडौं पेप्सिकोलाका ६०
वर्षीय कनकबहादुर थापा र
ठेगाना नखुलेकी ३२
वर्षीया अपरिता केसी रहेका छन् ।
घाईतेहरु सर्लाहीको जब्दीका प्रकाश
आले मगर, शंकरपुरका चन्द्रकला बिष्ट,
पथ्थरीकी उषा मगर, हरिवन–६
की जेनिषा भुजेल,
ठेगाना नखुलेका दीपेन्द्र झा र समिता जर्घा मगर छन् ।
सुमोमै सवार दुई बालिकाको भने परिचय खुल्न सकेको छैन ।
गम्भीर घाईते भएकी चन्द्रकला बिष्टलाई
बीएडबी अस्पताल र
दीपेन्द्र झालाई शिक्षण अस्पताल रिफर
गरेको प्रहरीले जनाएको छ । बाँकी सबै
घाईतेको ललितपुरको मेघा अस्पतालमा उपचार भईरहेको छ ।
कुलेखानी गाविसको कुलेखानी ड्याम नजिकै
(सिमखोलामा) सुमो सडकबाट करीब सय मिटर तल
खसेको थियो । घाईतेको ईलाका प्रहरी कार्यालय
भिमफेदी र सिस्नेरीबाट
गएको प्रहरी टोलीले उद्दार गरेको थियो ।


No comments:
Post a Comment