१३ साउन ,
तुलसीपुर नगरपालिकाले तुलसीपुर
बजारका विभिन्न तीन स्थानमा सिसिक्यामरा जडान गर्न
सुरु गरेको छ । तुलसीपुरको बिपी चोक,
वीरेन्द्र चोक र नयाँ बसपार्कमा सिसिक्यामराको जडान
सुरु गरिएको हो । बजारमा हुने आपराधिक घटना नियन्त्रण गर्ने
उद्देश्यले सिसिक्यामरा जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ
।
पहिलोपटक तुलसीपुरका तीन
स्थानमा र पछि आवश्यकताअनुसार थप स्थानमा जडान गरिने
नगरपालिका कार्यकारी अधिकृत डिल्लीराज
बेलवासेले जानकारी दिनुभयो । करिब साढे चार
लाखको लगानीमा पिटिजेट कम्पनीका दुई
मेगा फिक्सलका सिसिक्यामराहरू खरिद गरी जडान सुरु
गरिएको हो । सिसिक्यामराको ‘कन्ट्रोल रुम’ भने
इलाका प्रहरी कार्यालयमा राखिने छ ।
क्यामराका साथै सो स्थानमा सौर्य बत्ती जोड्ने
योजना नगरपालिकाको छ । हाल तुलसीपुरमा जडान गर्न
लागिएका सिसिक्यामराले करिब ५०० मिटरसम्म समेट्न सक्छ भने
रातको समयमा करिब २०० मिटरसम्म समेट्न सक्छ ।
Tuesday, July 29, 2014
तीन स्थानमा सिसिक्यामरा जडान सुरु
Labels:
राष्ट्रिय समाचार
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment