Tuesday, July 29, 2014

हिमानी पारससँग कानूनी रुपमै सम्बन्ध बिच्छेद गर्न चाहन्छिन्


‘पाँच वर्षसम्म त उसलाई म चाहिएन भने अब
किन सँगै बस्ने’ !!!!!!!

पुर्वराजा ज्ञानेन्दैले
पारसका नाममा चाकडी,चाप्लुसी बजाउने र
उनलाई उक्साउनेहरुको लिष्ट तयार पार्दै तिनीहरुलाई
निर्मल निवास वरीपरी आउन निषेध
गरेको समाचार छ ।
पारसका साथी राजु सिंह उनलाई निकै बैंकक
गएका बेला यता निर्मल निवासमा भने उनीसहित
पारसका आसेपासे,साथीभाई र
चाकडीबाजहरुको लिष्ट तयार पारिएको छ ।

हिमानीको सक्रियतामा पारसका कुलतका साथ र
उनको आडमा राजनीति गर्न खोज्नेहरुको लिष्ट
बनाइएको उच्च स्रोतले जनाएको छ । पुकार राणा,राजु
सिंह,मीन बस्नेत
लगायतका पारसका पुराना साथीहरुलाई अचेल
राजकुमारी हिमानीले देख्न पनि चाहन्नन् ।

हिमानीविरुद्ध पारसलाई भड्काउनेमा समेत उनका आसेपासे
लागेको निर्मल निवासको ठहर छ । स्रोतका अनुसार पारसले नेपाललाई
नेपाल ल्याउन र उनको आडमा राजनीति गर्न
खोज्नेहरुलाई समेत पुर्वराजाका साथै
पारसकी पत्नी पुर्वराजकुमारी युवराज्
ञी हिमानीले रुचाउन छाडेका छन् । पारसलाई
पुर्वराजाका जन्मदिन असार २३ गते मै नेपाल
ल्याउनका लागि किशोरी महतो,जगत गौचन
लगायतका राजावादीहरुले प्रयास गरेका थिए । तर
त्यतिवेला पनि पुर्वराजा र हिमानीको कारण
उनीहरुको प्रयास असफल भएको थियो ।

त्यही समुह अहिले पारसलाई नेपाल ल्याउन लागिपरेको छ
। यी व्यक्तिहरुलाई निर्मल निवासमा निषेध गरिएको स्रोतले
बतायो । हिमानी अब कुनै पनि हालतमा पारससँग अब संगै
बस्न नसक्ने अबस्थामा पुगेकी छन् । उनले आफु
निकटस्थ साथीसँगी र
हिमानी ट्रष्टका पदाधिकारीहरुलाई
पनि यो कुरा जानकारी गराइसकेकी छन् ।
आफुमाथि पारसले शारीरिक र मानसिक यातना दिने
गरेको हिमानीले बताएकी छन् ।

‘उनी पारससँग कानूनी रुपमै सम्बन्ध बिच्छेद
गर्न चाहन्छिन् तर पुर्वराजा ज्ञानेन्द्रको अबस्था र
पुर्वराजपरिवारको प्रतिष्ठाका लागि मात्र उनी चुप छिन्,’
हिमानीका एक निकटस्थले भने ।पारस नेपाल
आएपछि हिमानी पारसँग सँगै नबस्ने स्रोतले जनाएको छ

उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको पाँच
वर्ष पुगिसकेको छ । ‘पाँच वर्षसम्म त उसलाई म चाहिएन भने
अब किन सँगै बस्ने’ हिमानीको भनाई उद्धृत गर्दै
स्रोतले भन्यो । आजको साँघु साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment