Tuesday, June 24, 2014


जवरजस्ती गर्न खोज्दा लिंग काटियो

सिरहा,असार ११ - सिरहाको भवानीपुर–६
की एक महिलाले
जवरजस्ती करणी प्रयास गर्ने
स्थानीय युवकको लिंग
काटीदिएकी छिन् । गाउँमा खाजा पसल
सञ्चालन गर्ने ती महिलाले मंगलबार
राती आफूलाई जबरजस्ती गर्न खोज्ने २३
वर्षका विल्टु मुखियाको लिंग ब्लेडले
काटिदिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख
डिएसपी ज्ञानेन्द्र फूयाँलले
जानकारी दिनुभयो । घाइते
भएका मुखियाको धरानको विपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठान उपचार भइरहेको फुयाँलले
जानकारी दिनुभयो । साना नानीहरुसँग
सुतिरहेको वेला आएका मुखियाले जवरजस्ती गर्न
खोजेपछि आक्रोसित महिलाले नङ काट्न राखेको ब्लेडले लिंग
काटिदिएको जानकारी पाएको प्रहरीले
जनाएको छ ।

No comments:

Post a Comment