यात्रु डराएपछि एमए–६० विमानको पहिलो उडान नै रद्ध
काठमाडौं, असार ११
--
चीनबाट ल्याइएको विवादास्पद एमए–६०
विमानको आजको पहिलो उडान नै यात्रु डराएपछि रद्ध भएको छ।
पहिलो उडानका लागि भद्रपुर तय भएकोमा त्यहाँको उडान रद्ध
भएको आजको नेपाल समाचार पत्रले खबर लेखेको छ।
त्यसैले आज बिहान ८ बजे विराटनगरका लागि भने सो विमानले
उडान
भर्ने भएको छ। त्यसमा पनि करिब ५२ जना यात्रु अट्ने
विमानमा २५
यात्रु मात्रै उडान गर्दै छन्। उडानका लागि चाहिने एयरक्राफ्ट
अपरेटिङ
सर्टिफिकेट अर्थात् विमान सञ्चालन अनुमतिपत्र मंगलबार राति ८
बजे
मात्रै दिइएको छ। हवाई विभागको फ्लाइट
सेफ्टी एन्ड
स्ट्यान्डर डिभिजनका अधिकारीलाई अत्यधिक दबाब
दिइएपछि राति सो प्रमाणपत्र दिइएको हो।
लामो विवादका कारण विमानको सुरक्षामा जोखिम मोल्न डराउँदै
यात्रुहरूले
अझै पनि टिकट काट्न मानिरहेका छैनन्।
,
यस्तै निगम व्यवस्थापनले विभिन्न चार स्थानको ग्राउन्ड
ह्यान्डलिङ
यती एयरलाइन्सलाई दिने
तयारी गरेपछि कर्मचारी युनियनहरू
आगो भएका छन्। उनीहरूले कडा दबाब
दिएपछि सो निर्णय
फिर्ता लिई ग्राउन्ड ≈यान्डलिङको काम आफैंले गर्ने निगमले
अन्तिम
समयमा निर्णय गरेको छ।
,
कर्मचारीहरूले कमिसनको चक्करमा सो निर्णय गर्न
लागिएको भन्दै अख्तियार जाने
चेतावनी दिएपछि व्यवस्थापन
सो निर्णयबाट पछि हट्न बाध्य भएको हो। यस्तै विवादास्पद
निर्णय
गर्दै जाने हो भने आगामी जुलाई १
को निगमको वार्षिकोत्सव बहिष्कार गर्ने समेत
कर्मचारीहरूले चेतावनी दिएका थिए।
यो समाचार
पर्यटनमन्त्री भीम आचार्यसम्म
पुगेपछि उहाँले कर्मचारीविहीन
वार्षिकोत्सवमा आफू पनि उपस्थित नहुने निगम व्यवस्थापनलाई
चेतावनी दिएपछि ग्राउन्ड ह्यान्डलिङको निर्णय
फिर्ता लिइएको बुझिएको छ।
Wednesday, June 25, 2014
एमए-६० विमानको पहिलो उडान नै रद्ध:
Labels:
एमए-६० विमान
Location:
Pulau Lumut, Pulau Lumut
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment