Friday, August 15, 2014

आउनुहोस जानौ केहो त इवोला भाईरस् इबोला एक विषाणु हो यो रोग बर्तमान मा एक महामारी बनि सकेको छ |

यो रोगले संक्रमित
व्यक्ति को नसा बाट रगत बाहिर निस्कन थाल्दछ
अनि अन्द्रुनी रक्त श्राब पनि हुन्छ |
यो एक अत्यन्तै घातक रोग हो यो रोगले संक्रमित ९०
प्रतिशत ब्यक्ति हरु को मृत्यु हुन्छ |
कहाँ बाट आयो त इबोला
डाक्टर हरु अझै पक्का यहि बाट आयो भनेर
थाहा पाउन सकी राका छैनन् तर एक
थ्योरी को अनुसार यो भाइरस चमेरो, बादर र सुगुर
हरु को आन्द्रो मा पाइने गर्छ |

संक्रमण अनि लक्षण
यो भाइरस शरीर मा फैलिन को लागि १२ दिन
लाग्छ | जब यसको लक्षण देखिन थाल्दछ तब
त्यो व्यक्ति एक इबोला भाइरस बाहक बन्दछ र अन्य
स्वस्थ्य व्यक्ति लाइ सक्रमित गर्दछ
यसका अन्य १२ दिन निकै सम्बेदनशील
हुने गर्छन |
७ देखि १० दिन सम्म -भाइरस बिकशित हुन्छ तब
आखा मा जलन हुन्छ , पेट दुख्छ र वोमेट हुन्छ |
टाउको र पुरा शरीर दुख्छ थकाई लाग्छ र
पुरा शरीर आगो ले पोले झैँ हुन्छ | र
छाला सुकेर धाजा परे झैँ च्यातिन थाल्दछ |
११ दिनमा जिब्रो पुरा रातो हुन्छ कयौ पटक बाहिर झुन्डिन
पनि सक्छ र घाटी तिर पनि जान सक्छ |

१२दिन मा भाइरसले नसा मा रगत लाइ जमाई दिन्छ |
शरीर को रंग कालो हुन थाल्दछ | रगत
जम्ना ले लिबर , ब्रेन, र फोक्सो अनि आन्द्रा समेत अन्य
अंग सम्म रगत बग्न बन्द हुन्छ र
यी अंग हरु काम गर्न छोडदिन्छन र सबै
अंग ले काम गर्न छोडे पछी व्यक्ति को मृत्यु
हुन्छ
कसरी बच्ने त
-कुनै पनि इबोला भाइरस ले संक्रमित व्यक्ति जनाबार
देखि टाढा नै बस्नु पर्छ
-आफ्नो हात लाई राम्रो संग धुनु पर्छ
-हेन्ड ग्ल्ब्स र सुरक्षा एप्रिन लगाएर मात्र इबोला पिडित
को सामु जानु पर्छ |
सबै भन्दा पहिला यो रोग १९७६ मा दुइ ठाउँ मा एकै साथ
फैलिएको थियो ति देश थिए नजारा (सूडान) र यामबुकु (कांगो)
नदि को नजिकै एक गाउ मा देखा परेको थियो यसै कारण
यसको नाम इबोला नदि कान्गो को नाम मा राखिएको हो |
~
कसरी फैलिन्छ त
-सक्रमित व्यक्ति या जनावर लाई छुनाले ,
शरीर बाट बग्ने तरल श्राब, दिशा,पसिना ,
अनि हच्च्यु गर्ना ले
-भाइरस ले संक्रमित चमेरो देखि लिएर बदर सम्म
-बादर देखि मान्छे सम्म या सुगुर हरु देखि मान्छे सम्म
-अनि मान्छे देखि मान्छे सम्म
यो भाइरस एच आइबी एड्स
भन्दा पनि खतरनाक छ किनकी एड्स को खोज
१९८० मा भएको थियो | यसबाट आज सम्म ३ करोड ५०
लाख मनिष हरु को मृत्यु भै सकेको छ | पछिलो बर्ष १५
लाख मानिषहरु को मृत्यु भएको थियो |

एच
आइबी भाइरस फैलिन को लागि तिन
हप्ता देखि लिएर तिन महिना लाग्छ र यो भाइरस एड्स
मा परिबर्तन हुन को लागि २० बर्ष लाग्छ र राम्रो इलाज
गर्ने हो भने संक्रमित व्यक्ति जीवित
पनि रहन सक्छ तर इबोला भाइरस २ देखि १२ दिन
मा सक्रमित गर्छ \ सक्रमण को १२ दिन भित्र
मा ब्यक्ति को मृत्यु हुन्छ |
र अन्त्य मा यो रोग को अझै सम्म कुनै इन्जेक्सन ,दबाई
या एन्तिबयोटिक बनेको छैन त्यसैले सुरक्षा नै
ठुलो औसधी हो तपाई हरु
पनि अफ्रिकी देश तिर हुनुहुन्छ भने
बिशेष साबधानी अपनाउनु होला र जाने विचार
मा हुनुन्छ भने एक पटक राम्ररी बिचार गर्नु
होला |
~
स्रोत : विश्वस्वास्थ्य संगठन,
कैलिफोर्निया यूनिवर्सिटी,
मेयो क्लीनिक- न्यूयॉर्क।

No comments:

Post a Comment