वासिङ्टन – खानामा मसालाको रुपमा प्रयोग गरिने
दालचिनीले खानाको स्वाद मात्र बढाउँदैन, यो एक
प्रभावकारी एन्टिबायोटिक पनि हो जसले
गम्भीर प्रकारको फुड प्वाइजनिङ रोक्न मद्दत गर्ने
एक नयाँ अध्ययनले जनाएको छ । खाद्य
उद्योगमा दालचिनिको उपयोग प्राकृतिक एन्टिबायोटिकको तरिकाले हुने
गर्दछ । यो अध्ययन पत्रिका फुड कन्ट्रोलमा प्रकाशित भएको छ ।
अमेरिकाको वासिंगटन स्टेट
युनिभर्सिटीकी लिना शेंगले भनिन्, ‘मासु र
अन्य खाद्य पदार्थलाई
ताजा राख्नका लागि त्यसको प्याकिंगको भाँडामा दालचिनीको तेलको प्रयोग
गरिने गर्दछ ।
मासु, फलफुल र तरकारीहरुबाट सूक्ष्म
जीवहरुलाई नष्ट
गर्नका लागि पनि दालचिनीको तेलको प्रयोग गरिन्छ जसले
लामो समयसम्म खानेकुरालाई सुरक्षित राख्दछ ।’
दालचिनीको तेलले शिगा नामको विष उत्पन्न गर्ने
ब्याक्टेरिया एस्चिरीसिया कोलाई (ई–कोलाई)
को प्रजातीलाई नष्ट गर्ने उक्त अध्ययनले
पत्ता लगाएको छ । अमेरिकी रोग नियन्त्रण र रोकथाम
केन्द्रद्वारा यस्तो ब्याक्टेरियालाई नन–आ–१५७ नाम दिएको छ ।
दालचिनीको तेल
त्यतिबेला प्रभावकारी हुन्छ जब यसको केन्द्रिकरण
निकै कम हुने गर्दछ । एक लिटर पानीमा लगभग
१० थोपा दालचिनीको तेलले ब्याक्टेरियालाई २४
घण्टामा मार्ने शेंगले बताइन् । (एजेन्सी) -


No comments:
Post a Comment