Saturday, July 5, 2014

यस्तो छ १० लाखको मोवाइल फोन:


यस्तो छ १० लाखको मोबाइल फोन
स्मार्टफोनको मूल्य कतिसम्म होला ?
के १० लाखको मोबाइल फोन
देख्नुभएको छ ? छैन भने यो समाचारबाट कम्तिमा पनि तपाइँले
यसबारेमा जानकारी अवश्य पाउनुहुनेछ ।
हो, १० हजार ८ सय अमेरिकी डलर अर्थात् झण्डै १०
लाख नेपाली रुपैयाँ मूल्य पर्ने स्मार्टफोन समेत बजारमा छ
। भर्चु सिग्नेचर टच नामको उक्त स्मार्टफोन एन्ड्रोइड अपरेटिङ
सिस्टमबाट चल्छ । गरीबको अपरेटिङ सिस्टम भनेर
एन्ड्रोइड चिनिए पनि यो लखपतिवाला मोबाइल फोनमा समेत एन्ड्रोइडले
बास गर्ने मौका पाएको छ ।
बेलायतको भर्चु कम्पनीले बनाएको यो एन्ड्रोइड
फोनमा विभिन्न फिचर्स तथा सेवा छन् । नकोरिने खालको अर्थात् स्क्रयाच
प्रुफ स्त्रिmन रहेको यो मोबाइलको स्त्रिmन ४.७ इन्चको रहेको छ
२.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर, २ जिबीको र्याम
तथा ६४ जिबीको इन्टरर्नल मेमोरी रहेको छ ।
यो फोनमा १३ मेगापिक्सेलको क्यामरा रहेकेा छ ।
रोचक पक्ष के छ भने यो फोनका धेरै पार्टस्हरु हस्तनिर्मित हुन्
अझ एकै व्यक्तिले बनाएका, त्यो बनाउने व्यक्तिको नाम सिमकार्ड
राख्ने ठाउँनेरै उल्लेख गरिएको छ । त्यसैले पनि होला मेसिनले बनाउने
भन्दा यसको मूल्य चर्को भएको । फोन सेटको ढाँचा पनि उस्तै सुन्दर
छ, चिल्लो नभएर खश्रो छ तथा यसको साइडमा टाइटानियमको लेपन छ ।
टाइटानियम मात्र होइन यो फोन प्रयोगकर्ताले गाइको छाला,
छेपाराको छाला तथा गोहीको छालायुक्त मोबाइल समेत प्राप्त
गर्न सक्छन् जुन आफ्ना अन्य परिधानसँग मिलोस् ।

No comments:

Post a Comment